तनहुँमा वृद्धा हत्याको अभियोगमा एकजना पक्राउ
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ कुम्लेखोलाका ६७ वर्षीया तेजकुमारी ढकालको हत्याको अभियोगमा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा भीमसेनथापा गाउँपालिका–१ बसेनीका ४६ वर्षीय शिव गौतम रहेका छन् । उनलाई दमौली बजारबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
वृद्धाको हत्या भएको अवस्थामा आज बिहान घरभित्रै शव फेला परेको थियो । घटनामा संलग्न रही फरार रहेका गौतमलाई व्यास नगरपालिका–२ स्थित सहिदगेटमा हुलिया परिवर्तन गरी हिँडिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।
ढकालको शव आफ्नै घरभित्र भुइँमा दुवै हात खुट्टा र घाँटीमा कपडाले बाँधी मृत अवस्थामा फेला परेको थियो । उनको शरीरको विभिन्न भागमा धारिलो हतियार प्रहार गरिएको छ । शव फेला परेलगत्तै जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अरुण पौडेलको नेतृत्वमा प्रहरी घटनास्थल पुगेको थियो । “घटनास्थलमा कुकुर समेत परिचालित गरी सुक्ष्म रुपमा अनुसन्धान गर्दा हत्यामा संलग्न रही फरार रहेका व्यक्तिलाई दमौली बजारबाट पक्राउ गर्न सफल भएका छौं”, प्रहरी उपरिक्षक पौडेलले भने, “थप अनुसन्धान जारी छ ।”
ढकालको श्रीमान् र बुहारी सोही वडाको स्वाँरामा बस्दै आएका छन् । जेठो छोराको घर पनि नजिकै छ । बिहान ७ बजे ज्वाईले ती वृद्धाको घरको पिढीमा दूध राखेर अन्यत्र दूध पु¥याउन गएका थिए । फर्केर आउँदा पनि पिढीमै दूध देखेपछि उनी घरभित्र पसेका थिए । घरको ढोका खुल्ला अवस्थामा थियो । भित्र हेर्दा वृद्धाको शव भेटिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण