विकास निर्माणका कामले गति लियो
काठमाडौं – सरकारले कोरोना महामारीको अवधिमा सीमित जनशक्तिकै भरमा भए पनि विकास निर्माणका काम धमाधम अघि बढाइरहेका छन् । भूकम्पपछिको भौतिक संरचना, सम्पदा पुनर्निर्माण तथा सडक पूर्वाधारसँगै विमानस्थल निर्माण कार्यले पनि गति लिएको छ ।
राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हालसम्म ९२ प्रतिशत भौतिक प्रगति भएको छ भने ६३ प्रतिशत वित्तीय प्रगति भएको छ । विमानस्थलमा बत्ती, उपकरण जडानलगायत केही प्राविधिक काम मात्रै बाँकी रहेको जनाइएको छ ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा दोस्रो टर्मिनल भवनको निर्माण तयारी सुरु गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले जनाएको छ । पर्यटन तथा उड्डयनमन्त्री योगेश भट्टराईले टर्मिनल भवनको नयााँ डिजाइनसमेत सार्वजनिक गरेका छन् । दोस्रो टर्मिनल भवनको अब ठेक्का प्रक्रियास“गै निर्माण कार्य सुरु हुनेछ ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि आगामी वर्ष तयारी अवस्थामा रहने गरी निर्माण कार्य भइरहेको छ । कुनै रोकतोक नभएमा आगामी वर्ष विमानस्थल तयारी अवस्थामा रहनेछ । यो समाचार आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानाको रेडपाण्डा चोर्न खोजेको आरोपमा दुई जना पक्राउ
-
कमलादीको दीप प्रज्वलनमा हिमानीदेखि हृदयेन्द्रसम्म (तस्बिरहरू)
-
नेपालसामु जितका लागि २ सय ९७ रनको लक्ष्य
-
निजामती विधेयकमा कर्मचारी संगठनहरूको विरोध, भाेलि संसद् गेट अगाडि धर्ना दिने
-
सशस्त्र प्रहरीका झन्डै २ हजार कर्मचारीको बढुवा हुँदै
-
बजेट निजी क्षेत्रलाई उत्साहित बनाउने गरी आयो, कार्यान्वयनमा चुक्नुभएन : चन्द्र ढकाल