विकास निर्माणका कामले गति लियो
काठमाडौं – सरकारले कोरोना महामारीको अवधिमा सीमित जनशक्तिकै भरमा भए पनि विकास निर्माणका काम धमाधम अघि बढाइरहेका छन् । भूकम्पपछिको भौतिक संरचना, सम्पदा पुनर्निर्माण तथा सडक पूर्वाधारसँगै विमानस्थल निर्माण कार्यले पनि गति लिएको छ ।
राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हालसम्म ९२ प्रतिशत भौतिक प्रगति भएको छ भने ६३ प्रतिशत वित्तीय प्रगति भएको छ । विमानस्थलमा बत्ती, उपकरण जडानलगायत केही प्राविधिक काम मात्रै बाँकी रहेको जनाइएको छ ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा दोस्रो टर्मिनल भवनको निर्माण तयारी सुरु गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले जनाएको छ । पर्यटन तथा उड्डयनमन्त्री योगेश भट्टराईले टर्मिनल भवनको नयााँ डिजाइनसमेत सार्वजनिक गरेका छन् । दोस्रो टर्मिनल भवनको अब ठेक्का प्रक्रियास“गै निर्माण कार्य सुरु हुनेछ ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि आगामी वर्ष तयारी अवस्थामा रहने गरी निर्माण कार्य भइरहेको छ । कुनै रोकतोक नभएमा आगामी वर्ष विमानस्थल तयारी अवस्थामा रहनेछ । यो समाचार आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण