दाङमा झण्डै १ लाखसहित १३ जुवाडे पक्राउ
दाङ । दाडको तुलसीपुरमा झन्डै १ लाख नगदसहित १३ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरेको हो । प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी शिवबहादुर सिंहकाअनुसार तुलसीपुर ६ स्थित भुयारथान बस्ने कुमार सुनारको घरबाट उनीहरुलाई नगद ९८ हजार ९ सय ५० रुपैया सहित पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरुमा सोही ठाउँका २८ वर्षीय रोशन बुढाथोकी,४३ वर्षीय भरत बिक, २८ वर्षीय हेमन्त शाही, २८ वर्षीय सुशील वली, ४२ वर्षीय कुमार सुनार, ३३ वर्षीय ओमबहादुर बुढामगर, वडा नम्वर ७ बस्ने ३६ वर्षीय प्रेमबहादुर सुनार, वडा नम्वर ८ बस्ने ३९ वर्षीय टंकबहादुर सुनार, घोराही उपमहानगरपालिका १३ बस्ने ३३ वर्षीय मालबहादुर वली, सोही उपमहानगरपालिका वडा नम्वर १० बस्ने २८ वर्षीय केशव डांगी ,वडा नम्वर ११ बस्ने २६ वर्षीय अर्जुन पुन, बाँके कोहलपुर नगरपालिका १० बस्ने ६० वर्षीय धर्मराज बुढाथोकी र सोही नगरपालिका ८ बस्ने ४० वर्षीय दिपक वली रहेका छन् ।
उनीहरुको साथबाट नखोलेको रातो तथा कालो रङ्गको तास ५ गड्डी र खोलेको ३ गड्डी तास बरामद गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई विशेष सूचनाको आधारमा प्रकाउ गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण