बालिका बलात्कारको आरोपमा एक पुरुष पक्राउ
रौतहट । संघिय संसदभित्र बलात्कारिलाई मृत्यु दण्डको सजाय दिनुपर्ने माग उठिरहेकै बेला रौतहटको कटहरिया नगरपालिकामा बालिका बलात्कारको आरोपमा एक पुरुष पक्राउ परेका छन् । बालिका बलात्कारको आरोपमा कटहरिया नगरपालिका १ भसेढवा परसबनि टोलका हरिदासका ३५ वर्षीय छोरा इन्दल दाश पक्राउ परेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी रबि रावलले जानकारी दिए ।
सोमबार राती ९ बजे सोहि टोलकी एक १५ बर्षीया बालिकामाथि धारामा पानी भर्न गएका बेला इन्दलले बलात्कार गरेको प्रहरीले जनाएको छ । कोही नभएको मौका छोपी ईन्दलले बालिकाको मुख थुनेर नजिकैको धानखेतमा लागि बलात्कार गरेको पीडितले बताएकी छिन् । पीडित बालिकाले घटनालगत्तै घरमा गएर सबै कुरा बताएकी थिइन् । त्यसलगतै पीडितका बाबुले प्रहरीलाई खबर गरेका थिए ।
ईलाका प्रहरी कार्यालय कटहरियाबाट सई लतिफ अन्सारीको कमान्डमा गएको टोलिले आरोपी ईन्दल दाशलाई राती १२ बजे पक्राउ गरेको थियो । पक्राउ परेका आरोपी हाल ईलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा रहेको र पीडितका बुबाको जाहेरीको आधारमा निजमाथि जबदस्ती करणीसम्बन्धि मुद्दा दर्ता गर्ने तयारी भैरहेको डिएसपी रबि रावलले जानकारी दिए । पीडित बालिकालाई स्वास्थ परीक्षणका लागि जिल्ला अस्पताल गौर पठाईएको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण