कोरोना सङ्क्रमित महिलाको मृत्यु
बुधबार, १४ असोज २०७७, १८ : ५२
बाँकेमा कोरोना सङ्क्रणका कारण आज थप एक जनाको ज्यान गएको छ । जिल्ला कोभिड—१९ सङ्कट व्यवस्थापन केन्द्रले नेपालगन्ज उपमहानगरपालिका—१ की ३५ वर्षीया महिलाको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको पुष्टि गरेको छ ।
श्वासप्रश्वासमा समस्या भएपछि ती महिला यही असोज २ गते भेरी अस्पतालमा भर्ना भएकी थिइन् । उनको त्यसै दिन कोरोना परीक्षणका लागि स्वाव सङ्कलन गरिएको थियो ।
त्यसको भोलिपल्ट रिपोर्ट पोजेटिभ आएपछि उनलाई कोभिड आइसोलेसन वार्डमा सारिएको थियो । उनको उपचारकै क्रममा आज दिउँसो मृत्यु भएको केन्द्रले जनाएको छ । योसँगै बाँकेमा कोरानाबाट मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सकिन्छ : राष्ट्रपति पौडेल
-
जनकपुरका गुठी जग्गा र पोखरी अतिक्रमणको खोजी सुरु, सात दिनभित्र खाली गर्न सूचना
-
ट्वाइलेट सिटको पानी पिउने प्रतियोगिता आयोजना
-
बागमतीका १३ वटै जिल्लाका उद्योग प्रशासन डिजिटल प्रणालीमा
-
इराकमार्फत आएको अमेरिकी युद्धविराम प्रस्ताव इरानले गर्यो अस्वीकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण