झापामा ब्राउनसुगरसहित २ जना पक्राउ
बुधबार, १४ असोज २०७७, १८ : ५६
काठमाडौं । झापामा प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित २ व्यक्ति पक्राउ परेका छन् । झापाको विर्तामोड नगरपालिकास्थित सैनिक मोडबाट कचनकवल गाउँपालिका ३ बस्ने २२ वर्षीय सदाम राजबंशी र सोही स्थान बस्ने ३९ वर्षीय नरबहादुर राजबंशीलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुको साथबाट १२ ग्राम ब्राउन सुगर बरामद गरिएको समेत प्रहरीले जनाएको छ । उनीहरुलाई आवश्यक कार्वाहीका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखी बुधबार म्याद थपसहित अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण