भारत तस्करी हुन लागेको ३०० क्विन्टल हरियो केराउ बरामद
काठमाडौँ । प्रहरीले अवैध रुपमा नेपालबाट भारततर्फ तस्करी हुन लागेको ठूलो परिणामको हरियो केराउ बरामद गरेको छ । ६५ सय बोरामा ३०० क्विन्टल हरियो केराउ बरामद गरिएको प्रहरीले जनाएको छ ।
२ नम्बर प्रदेश प्रहरीले नेपालबाट भारततर्फ तस्करीका लागि तयारी अवस्थामा राखेको ३ लाख २५ हजार केजी हरियो केराउ भारतसँग सिमाना जोडिएको पर्साको सीमावर्ती इनारवा गाउँबाट बरामद गरेको हो ।

विशेष सूचनाका आधारमा प्रिज्मा एग्रो कमोडिटिज ट्रेडिङ प्रा.लि.ले भारततर्फ तस्करीका तयारी अवस्थामा राखेको केराउ बुधबार नियन्त्रणमा लिएको प्रदेश प्रहरी प्रमुख धीरजप्रताप सिंहले जानकारी दिए ।
केराउसँगै प्रिज्मा एग्रो कमोडिटिज ट्रेडिङ प्रा.लि.का म्यानेजर प्रभात श्रेष्ठलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । सिंहकाअनुसार केराउ तस्करीका लागि प्रयोग हुने ना६त ८७१० नम्बरको ट्याक्टरसमेत नियन्त्रणमा लिएको छ ।
हाल उक्त केराउको बजार मूल्य २ करोड ६० लाख रहेको प्रमुख सिंहले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण