जबरजस्ती करणी मुद्दाका फरार आरोपी पक्राउ
काठमाडौँ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जबरजस्ती करणी मुद्दाका फरार दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलौरी नगरपालिका–२ का २७ वर्षीय ज्ञान सिंह राना र पुनर्वास नगरपालिका–३ का ३७ वर्षीय जोगी धामी रहेका छन् ।जबरजस्ती करणी मुद्दामा २०५९ साल जेठ २५ गतेदेखि फरार रहेका राना र २०७३ साउन २३ गतेदेखि फरार धामीलाई बुधबार पक्राउ गरिएको कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) अमरबहादुर थापाले जानकारी दिए ।

आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको थापाले बताए । पक्राउ गरि जिल्ला अदालत कञ्चनपुर दाखिला गरिएकोमा पुर्पक्षको लागि कारागार चलान भएको डीएसपी थापा बताउँछन् ।फरार रहेका प्रतिवादीहरु लकडाउनको बखत आफ्नो गाँउघरमा फर्की लुकीछिपी बस्न सक्न हुनाले तीब्र रुपमा सूचना संकलन गरि पक्राउ गर्ने कार्यलाई कडाईका साथ तिब्रता दिइएको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण