प्रदेश सरकार देखिने गरी काम गरेको छ : मुख्यमन्त्री पोखरेल
दाङ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बुधबार विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिसंग भर्चुअल बैठक गर्दे प्रदेश सरकारले देखीने गरी काम गरेको बताएका छन् ।
उनले प्रदेश सरकारका कामहरु जनताले अनुभुति गर्ने आगडि बढेकोले दाबी प्रदेश सरकारको योजना, कार्यक्रम र प्राथमिकतामा विकास साझेदारहरुसँगको सहकार्य बढाउने उद्देश्यले आयोजित भर्चुअल बैठकमा विभिन्न १२ साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको बैठकमा गरेका थिए।
मुख्यमन्त्रीले प्रदेशको आवधिक योजना कार्यान्वयनको पहिलो वर्ष सकारात्मक रहेको र कोभिड–१९ ले सिर्जना गरेको अप्ठ्यारो अवस्थामा पनि गत वर्ष प्रदेशले ७९ प्रतिशत पूँजीगत खर्च गर्न सफल भएको बताएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जनकारी दिए ।
उनले प्रदेशको आवधिक योजनाअनुसार विकासलाई गति दिदै आर्थिक वृद्धिदर ९ दशमलव ५ पु¥याउने कार्य चुनौतीपूर्ण रहेको र त्यो पूरा गर्न र विकासलाई गति दिन विकास साझेदार संस्थाको भूमिका बढ्ने विश्वास व्यक्त गरेका छन्।
स्थापनाको छोटो समयमै प्रदेश सरकार देखिने र भेटिने अवस्थामा आइपुगेको बताउँदै मुख्यमन्त्रीले सामाजिक सुरक्षा, विपद व्यवस्थापन, पूर्वाधार निर्माण, नागरिकको घरदैलोमा खानेपानीको पहुँच बढाउन, स्वास्थ्य सेवा विस्तार, कृषिको व्यवसायिकरण र पर्यटन पूर्वाधार निर्माणमा सरकारको प्राथमिकता रहेको बताएका थिए।
बैठकमा प्रदेश योजना आयोगका सदस्य विष्णु गौतमले प्रदेश सरकारको योजना, कार्यक्रम, संभावना र अवसरका बारेमा प्रस्तुती गरेका थिए। केसीका अनुसार बैठकमा सहभागी विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले विकासमा प्रदेश सरकारको स्पष्ट दृष्टिकोण र योजना रहेको पाएको बताउँदै योजनालाई कार्यान्वयन गर्न उपलब्धीमुलक साझेदारी गर्नुपर्ने धारणा राखेका थिए।
बैठकमा विश्व बैंकका कन्ट्री म्यानेजर फारिस हडाडजरभस, आइएलओका निर्देशक रिचार्ड हवार्ड, डब्ल्युएचओका नेपाल प्रतिनिधि डा. जोएस भेण्डलर, नेपालका लागि स्वीजरल्याण्डका राजदूत एलिजाबेथ क्यापलर, डिएफआइडीका नियोग प्रमुख लिसा होनान, एडिबीका प्रमुख अर्थशास्त्री शरद भण्डारी, युएनडिपीकी आवासीय प्रतिनिधि आएशानीई लबे लगायत सहभागी रहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सकिन्छ : राष्ट्रपति पौडेल
-
जनकपुरका गुठी जग्गा र पोखरी अतिक्रमणको खोजी सुरु, सात दिनभित्र खाली गर्न सूचना
-
ट्वाइलेट सिटको पानी पिउने प्रतियोगिता आयोजना
-
बागमतीका १३ वटै जिल्लाका उद्योग प्रशासन डिजिटल प्रणालीमा
-
इराकमार्फत आएको अमेरिकी युद्धविराम प्रस्ताव इरानले गर्यो अस्वीकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण