नक्कली कागज बनाई भारत पठाउने ३ जना पक्राउ
बुधबार, १४ असोज २०७७, २२ : ३३
कैलाली । नक्कली कागज तयार गरी नेपाली नागरिकलाई भारत पठाउने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका २ बस्ने वर्ष ३९ का जयन्द्र स्वार, ४ बस्ने वर्ष ३५ का मान बहादुर बिष्ट र २ बस्ने वर्ष २७ का छत्र रावल रहेका छन् ।
पैसा लिएर नक्कली कागज जाद बनाई नेपाली नागरिकलाई भारततर्फ पठाइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुलाई असोज १३ गते धनगढी उपमहानगरपालिका ४ स्थित बसपार्कबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले रातोपाटीलाई जानकारी दिए । उनीहरुलाई सार्वजनिक हितविरुद्धको कसुरमा मुद्धा दर्ता गरी आज जिल्ला प्रशासन कार्यालय कैलालीबाट म्याद थपसँगै आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण