आजदेखि उपत्यकासहित देशभर सहुलियत मूल्य पसल सञ्चालन
काठमाडौँ – आजदेखि काठमाडौँ उपत्यकालगायत देशभर सहुलियत मूल्य पसल सञ्चालन हुँदैछ ।
सरकारले बिहीबारदेखि दशैँ, तिहार र छठलगायतका पर्वलाई लक्षित गरेर सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको हो ।
यस्ता सहुलियत मूल्य पसल काठमाडौँ उपत्यकामा १६ स्थानमा र देशका अरू मुख्य सहरमा गरी ६५ वटा सहुलियत पसल सञ्चालन हुनेछन् ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार सहुलियत पसल आउँदो मङ्सिर ६ सम्म सञ्चालन गरिने छ । एकीकृत सहुलियत पसलमा चिनी, नुन, चामल, घिउ, दाल, गेडागुडीदेखि मासुसमेत सहुलियत मूल्यमा पाइने छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार उपत्यकामा सिंहदरबार, टेकु, कालीमाटी, कोटेश्वर, सतुङ्गल, ललितपुर, भक्तपुरलगायत ११ ठाउँमा सहुलियत पसल हुने छन् । त्यसैगरी साल्ट ट्रेडिङले काठमाडौँ उपत्यकामा तीनवटा घुम्तीसहित ११ वटा पसल सञ्चालन गर्नेछ भने उपत्यकाबाहिर २४ वटा पसल सञ्चालन गर्नेछ ।
सरकारले हरेक वर्ष चाडपर्वको समयमा उपभोक्तालाई थोरै भए पनि मूल्यमा राहत दिने उद्देश्यले सहुलियत मूल्य पसल सञ्चालन गर्ने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण