‘मोटीघाटी माया’ मा पुष्प र सुमीको डान्स
शुक्रबार, १६ असोज २०७७, १३ : ०८
काठमाडौं । लकडाउनयता नेपाली फिल्म छायाँकन र प्रदर्शनमा फुलस्टप लागेको छ । त्यसैले पनि फिल्मका कलाकार म्युजिक भिडियोमा धेरै देखिन थालेका छन् । यस्तैमा अभिनेता पुष्प खड्का र अभिनेत्री सुमी मोक्तान अभिनित ‘मोटीघाटी माया’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका मेलिना राई र कोशिश क्षत्रीको स्वर रहेको गीतको भिडियो राम्रो डान्स समेटिएको छ ।
गायक क्षत्रीकै कम्पोज लेखु सहयात्रीको शब्द रहेको भिडियो हरि हुमागाईले निर्देशन गरेका हुन् । भिडियोमा उत्तम हुमागाईको छायाँकन, रमेश थापाको सम्पादन र सुरेन्द्र बस्यालको कोरियोग्राफी रहेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण