रूसमा मे पछि पहिलोपटक करिब १० हजार व्यक्तिमा कोभिड-१९ पुष्टि
एजेन्सी । रूसले विगत २४ घण्टामा देशभर नौ हजार ८५९ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको जानकारी गराएको छ । गत मे १५पछि शनिबार सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या सबैभन्दा बढी भएको कोरोनाभाइरस नियन्त्रण केन्द्रले बताएको छ ।
रूसको सरकारी तथ्याङ्क अनुसार अहिलेसम्म कूल १२ लाख चार हजार ५०२ व्यक्ति सङ्क्रमित भएका छन् । रूस कोभिड–१९ बाट विश्वको चौथो बढी सङ्क्रमित मुलुक हो । रूसमा शनिबारसम्म २१ हजार २५१ व्यक्तिको मृत्यु भएको छ भने नौ लाख ७५ हजार ८५९ व्यक्ति सङ्क्रमणमुक्त भएका छन् ।
केन्द्रका अनुसार विगत २४ घण्टामा सबैभन्दा बढी प्रभावित मस्को शहरमा दुई लाख ८८४ थप व्यक्ति सङ्क्रमित भएका छन् भने यहाँ कूल सङ्क्रमितको सङ्ख्या तीन लाखभन्दा बढी पुगेको छ । शुक्रबारसम्म दुई लाख २६ हजार ४३५ व्यक्ति स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् । रूसमा कूल चार करोड ७२ लाख व्यक्तिको कोरोनाभाइरस परीक्षण भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण