काठमाडौँ प्रहरीको सफलताः कुख्यात साइबर अपराधी पक्राउ
काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँको विशेष टोलीले साइबर अपराधमा संलग्न रही फरार एक कुख्यात अभियुक्तलाई इलामको नेपाल–भारत सीमा नाकाबाट पक्राउ गरेर काठमाडौँ ल्याएको छ ।
पक्राउ पर्नेमा जुम्लाको कनका सुन्दरी गाउँपालिकाका पसल रोकाय रहेको परिसरका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठौरले रातोपाटीलाई जानकारी दिए । रोकाय भारतबाट नेपाल आउन लागेको सूचना प्रहरीले थाहा पाएको थियो ।
‘सोही सूचनाको आधारमा काठमाडौँ प्रहरी आफैले रोकायलाई पक्राउ गरेको हो’ एसपी राठौरले भने । रोकायले आइटी इन्जिनियरिङमा डिग्री गरेको अनुसन्धानबाट खुलेको छ । सामाजिक सञ्जाल म्यासेन्जर, भाइबरबाट नर्सहरुलाई आइटीमा जागिर लगाइदिन्छु भन्दै पैसा माग्ने गरेको एसपी राठौरले बताए ।
भारतमा बसेर नेपालमा साइबर अपराध गर्ने रोकायविरुद्ध साइबर अपराध र ठगी सम्बन्धी ५ वटा मुद्दा काठमाडौँ परिसरमा दर्ता भएको एसपी राठौरले बताए । एसपी राठौरका अनुसार रोकाय एउटा मुद्दामा १ लाख धरौटीमा रिहा भइसकेका छन् ।
सर्वसाधारण भन्दा पनि रोकायको निशाना नर्सहरुमा थियो । नर्सहरुले जति पनि पैसा खर्च गर्नसक्ने भएकाले नर्सहरुलाई निशाना बनाएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
रोकायविरुद्ध नेपाल प्रहरीको साइबर ब्यूरो र महानगरीय अपराध महाशाखामा समेत साइबर अपराध तथा ठगी सम्बन्धी जाहेरी परेको बताइएको छ । रोकायलाई खोज्न नेपाल प्रहरीको एक अनुसन्धान टोली नै परिचालित थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण