‘मुन्द्रेको कमेडी क्लब’मा करिश्माको इन्ट्री
आइतबार, १८ असोज २०७७, १९ : ०८
काठमाडौं । सदबहार ब्युटी अभिनेत्री करिश्मा मानन्धर कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’मा देखिने भएकी छन् । अब प्रसारणमा आउने नयाँ भागबाट उनी शोमा देखिन लागेकी हुन् । शोमा उनी अध्यक्षको भूमिकामा देखिन लागेकी हुन् । जुन भूमिका यसअगाडि अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला देखिँदै आएकी थिइन् ।
करिश्माले ‘मुन्द्रेको कमेडी क्लब’ आफु देखिन लागेको जानकारी दिएकी छन् । जीतु नेपालको आग्रहमा आफू शोमा आबद्ध भएको बताएकी उनले ‘शो’ मा अध्यक्षको भूमिका आफ्ना लागि नौलो भएको बताएकी छन् । लकडाउनका कारण बन्द भएको यो सो फेरि सुरु हुन लागेको हो । नेपाल टेलिभिजनबाट प्रशारण हुने शो शनिबार र आइतबार गरेर ४ भाग छायाँकन भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
-
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
-
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक’ सम्मान
-
अष्ट्रेलियाका उच्च प्रतिनिधिमण्डलको नेपाल भ्रमण सम्पन्न, द्विपक्षीय सहकार्य विस्तारमा जोड
-
‘शान्तिपूर्ण समाजका लागि समुदाय-प्रहरी साझेदारी अपरिहार्य’
-
राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण