बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

अनसनरत डा.केसीको अवस्था गम्भीर, अक्सिजन दिन थालियो

आइतबार, १८ असोज २०७७, २२ : ४५
आइतबार, १८ असोज २०७७

काठमाडौं । २१ दिनदेखि अनसनरत डा.गोविन्द केसीको स्वास्थ्यअवस्था गम्भिर बन्दै गएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा अनसनरत डा.केसीको अवस्था थप जटिल बन्दै गएको उनको उपचारमा संलग्न डा. सुवास प्रसाद आचार्यले जानकारी दिएका छन् । आचार्यले जारी गरेको मेडिकल बुलेटिनका अनुसार डा.केसीको रगतमा अक्सिजनको मात्र निकै कम देखिएपछि उनलाई अक्सिजन दिन थालिएको छ । साथै केसीको श्वासको गति बढेको, चक्कर लाग्ने र अत्यधिक थकान हुनेलगायतका समस्या देखिएको बुलेटिनमा उल्लेख छ ।

त्यसैगरी डा केसीको रगतमा डब्लुबिसीको मात्रा निकै कम भएको र सुगरको मात्रा पनि कम भएको जनाइएको छ ।  अस्पतालले डा.केसीको अवस्था थप नाजुक हुँदै गएको जे पनि हुनसक्जे चेतावनी दिएको छ । स्वास्थ्यअवस्था निकै नाजुक हुँदै गएपनि डा. केसीले आफ्ना मागहरु पुरा नभएसम्म उपचार गर्न इन्कार गर्दै आएका छन् । केही दिनअघि जुम्लाबाट काठमाडौं आएका डा.केसीले सुरुमा प्रहरीले ट्रामा सेन्टरमा पुर्याएको थियो । डा.केसीले ट्रमा सेन्टरमा नबस्ने अडान लिएपछि उनलाई त्रिवि शिक्षण अस्पताल पुर्याइएको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप