प्रदेश ५ : प्रदेशसभा घेराउ रोक्न व्यापकरुपमा प्रहरी परिचालन
प्रदेश ५ को प्रदेशसभा भवन घेराउ गर्ने कार्यक्रमलाई रोक्न बुटवलमा व्यापकरुपमा प्रहरी परिचालन गरिएको छ । संयुक्त संघर्ष समिति रुपन्देहीले आज संसद भवन घेराउको कार्यक्रम तय गरेको थियो । कार्यक्रम अनुसार संसद भवन घेराउ गर्न जोड गरेपनि तर नेपाल प्रहरी र सशस्त्र प्रहरीले भने संसद भवन जाने बाटो बन्द गरेका छन् ।

सशस्त्र प्रहरीको बाक्लो घेराले आन्दोलनकारीहरुलाई संसद भवन जाने बाटो पूर्वपश्चिम राजमार्ग अन्तर्गत नेपालगञ्ज रोडस्थित सिन्दूर होटलबाट आन्दोलनकारीहरुलाई अगाडि बढ्न दिएको छैन ।
आन्दोलनकारी भन्दा धेरै सुरक्षाकर्मी देखिएका छन् । संघर्ष समितिले रुपन्देहीबाट कुनै पनि हालतमा दाङको भालुबाङमा स्थायी राजधानी लैजान नदिने अडान लिँदै आएको छ ।

बुटवललाई नै स्थायी राजधानी कायम गर्नुपर्ने माग राख्दै चरणबद्ध आन्दोलनमा यस क्षेत्रका विभिन्न संघ–संस्थाहरु रहेका छन् । सञ्जालले बुटवलको पुष्पलालपार्कमा भेला भइ प्रदेशसभा सचिवालय घेराउ गर्ने कार्यक्रम तय गरेको संघर्ष समितिका संयोजक खिमबहादुर हमालले जानकारी दिएका छन् ।
विरोधको कार्यक्रम अन्तर्गत प्रधानमन्त्री केपी शर्मा ओली र मूख्यमन्त्री शंकर पोखरेललाई ज्ञापनपत्र बुझाउनुको साथै सडकमा प्रदर्शन गर्ने कार्यक्रमहरु तय गरिएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सकिन्छ : राष्ट्रपति पौडेल
-
जनकपुरका गुठी जग्गा र पोखरी अतिक्रमणको खोजी सुरु, सात दिनभित्र खाली गर्न सूचना
-
ट्वाइलेट सिटको पानी पिउने प्रतियोगिता आयोजना
-
बागमतीका १३ वटै जिल्लाका उद्योग प्रशासन डिजिटल प्रणालीमा
-
इराकमार्फत आएको अमेरिकी युद्धविराम प्रस्ताव इरानले गर्यो अस्वीकार
-
प्रहरीको जागिर चुनौतीपूर्ण र अपजसी हुन्छ : मदनकृष्ण श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण