वैदेशिक रोजगारः ठगी मुद्दाका फरार अभियुक्त पक्राउ
काठमाडौँ । प्रहरीले वैदेशिक रोजगार ठगीका फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–६ घर भई काठमाडौँ बौद्ध बस्ने २८ वर्षीय भीमबहादुर तामाङ रहेका छन् ।
महानगरीय अपराध महाशाखाका प्रमुख तथा प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाका अनुसार खोजी सूचीमा रहेका तामाङलाई बौद्धबाट पक्राउ गरेको हो ।
तामाङमाथि रोजगारीको लागि विदेश पठाइदिने भन्दै सिर्जना दोङलगायत केही व्यक्तिहरुबाट ४६ लाख ५० हजार रुपैयाँ लिई फिर्ता नगरेको अभियोग लागेको थियो ।
उनलाई ठगी मुद्दामा वैदेशिक रोजगार न्यायाधीकरणको २०७४ भदौ ११ गते एक लाख ५० हजार रुपैयाँ जरिवाना र १ वर्ष ६ महिना कैद सजाय हुने ठहर गरेको थियो ।
अहिले तामाङलाई प्रहरीले काठमाडौँ जिल्ला अदालत बबरमल पठाइएको जनाएको छ ।
सोही मुद्दाका अर्का फरार प्रतिवादी तुलबहादुर तामाङलाई असोज १६ गते डिल्लीबजारबाट पक्राउ गरेको एसएसपी थापाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण