लागुऔषध ओसापसार गर्ने ५ जना पक्राउ
सोमबार, १९ असोज २०७७, १७ : ५८
काठमाडौँ । जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषध ओसार पसारमा संलग्न ५ जनालाई कास्कीको तुम्केबाट पक्रेको छ ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१६ जोगमाणी घर भएका अथित गुरुङ, समिर गुरुङ, बाटुलेचौरका मोहित खवास, पोखरा–१९ का मनोज विक, धादिङ घर भएका ३० वर्षीय कुमार ठकुरी छन् ।
जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको कास्कीका एसपी जीवन श्रेष्ठले जानकारी दिए ।
उनीहरुको साथबाट डाईजेपाम ७ एम्पुल, फेनारगन ७ एम्पुल, बुर्फिनर्फिन ७ एम्पुल र १ केजी २२३ ग्राम गाँजा बरामद गरेको एसपी श्रेष्ठले बताए ।
उनीहरुलाई लागूऔषध नियन्त्रण ऐन, २०३३ विपरितको कसूर अन्तर्गत कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
-
नागरिक एपबाटै ग्लोबल आइएमई बैंकको खाता खोल्न सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण