सस्तोमा डलर साट्ने नाममा लुट्ने गिरोह फेरि पक्राउ
काठमाडौँ। ‘सस्तो मूल्यमा डलर साट्छौ’ भनेर एकान्तमा बोलाएर लुट्ने समूहका ४ जनालाई जिल्ला प्रहरी कार्यालय काभ्रेले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे घर भएका ३८ वर्षीय श्रीखण्ड तामाङ, हर्क तामाङ, बुद्दिबहादुर तामाङ उर्फ चैते र ६० वर्षीय गोविन्द तामाङ रहेका छन् ।
नुवाकोटका पोन्जोम शेर्पालाई पाँचखालको लामिडाँडामा बोलाएर सो समूहले ‘सस्तोमा डलर साटिदिन्छौं’ भन्दै १० लाख रुपैयाँ लुटेको जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी रवि पौडेलले रातोपाटीलाई बताए ।
गत१२ साउनमा १० लाख लुटेपछि उनीहरु फरार थिए । लुटपाटमा संलग्न चारैजना सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–५ का हुन् ।
लुटपाटमा संलग्न आरोपीमध्ये हर्क तामाङलाई प्रहरीले बुढानिकलण्ठबाट पक्राउ गरेको हो । गोविन्द र बुद्धिलाई सिन्धुपाल्चोकको साँगा चोकबाट र श्रीखण्डलाई बनेपाबाट पक्राउ गरिएको एसपी पौडेलले बताए ।
आरोपीलाई प्रहरीले ठगी मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
उक्त गिरोहबाट काठमाडौँ उपत्यकालगायत अन्य जिल्लाहरुमा समेत अनेकौं किसिमका घटना घटाई फरार रहेको प्रारम्भिक रुपमा खुल्न आएको हुँदा यस्ता प्रकतिका घटनाका पीडितहरुलाई प्रहरी कार्यालयमा सम्पर्क हुने आह्वान समेत गरेको छ ।
केही दिनअघि महानगरीय प्रहरी परिसर भक्तपुरले पनि डलर साट्ने बहानामा लुट्ने बाह्रबिसेका दुईवटा समूहलाई पक्राउ गरेको थियो ।
पछिल्लो समय काठमाडौँ उपत्यका र आसपासका जिल्लामा हुने अधिकांश ‘डलर प्रलोभन’ मा हुने लुटपाटमा बाह्रबिसेका लुटेरा संलग्न हुँदै आएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण