लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
सोमबार, १९ असोज २०७७, १९ : २१
काठमाडौँ । प्रहरीले लागुऔषध मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कपिलवस्तु यसोधरा गाउँपालिका–५ का २० वर्षीय तौफिक पठान रहेका छन् ।
लागूऔषध ओसारपसारमा संलग्न रहेका फरार प्रतिवादी पठानलाई कपिलवस्तु नगरपालिका– १ ट्राफिक प्रहरी पोष्ट तौलिहवास्थितबाट सोमबार कपिलवस्तु प्रहरीले पक्राउ गरेको हो ।
२०७६ असोज २० गते प्रहरीले पठान नाइट्रोभेट १० नाम ५ पत्ता लागूऔषध र १२ ग्राम गाँजासहित पक्राउ गरी अदालतमा बुझाएकोमा ३३ हजार धरौटीमा रिहा भएकोमा २०७६ चैत ४ गतेको फैसलाअनुसार पठानलाई २ महिना कैद तोकिएको थियो । लगत्तै पठान फरार भएका थिए ।
पक्राउ परेका पठानलाई आवश्यक कारबाहीको लागि कपिलवस्तु जिल्ला अदालतमा पठाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले रातोपाटीलाई जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण