बैंकिङ कसुरमा ३२ लाख जरिवानाको सजाय पाएका फरार प्रतिवादी पक्राउ
काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ललितपुरको ललितपुर महानगरपालिका–२१ खोकनाका ३४ वर्षीय अमर महर्जनलाई सोमबार पक्राउ गरेको हो ।
महर्जनलाई सोमबार काठमाडौँको कुलेश्वरबाट पक्राउ गरिएको सीआईका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) सहकुलबहादुर थापाले जानकारी दिए । उनलाई बैकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले २०७६ माघ १३ गते ३२ लाख जरिवाना र ७ दिन कैद सजाय सुनाएको थियो ।
त्यस दिनदेखि फरार महर्जनलाई पक्राउपछि सजाय भुक्तानीको लागि ज्लिजा अदालत ललितपुर पेश गरिएको थापाले बताए ।
महर्जनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्दै जानी–जानी रीता महर्जनलाई झुक्याएर २०७४ जेठ २५ गते यति डेभलपमेन्ट बैंक कुमारीपाटी शाखाको चेक दिएका थिए । लामो समयसम्म झुक्याएपछि रीताले महर्जनविरुद्ध जाहेरी दिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण