राजधानी देउखुरी राख्ने पक्षमा काँग्रेसका ५ सांसदले गरे मतदान
मङ्गलबार, २० असोज २०७७, १६ : १९
काठमाडौँ । प्रदेशसभाको मंगलबारको बैठकमा भएको मतदानबाट दुई तिहाइ बहुमतका साथ दाङको देउखुरी प्रदेश नम्बर ५ को स्थायी राजधानी टुंगो लागेको छ ।
प्रदेश नम्बर ५ सरकारले सदनमा प्रस्तुत गरेको स्थायी राजधानी देउखुरी राख्ने प्रस्तावमा पक्षमा प्रतिपक्ष दल नेपाली काँग्रेसका ५ सांसदले मतदान गरेका छन् ।
बाँकेका मोहम्मद याकुव अन्सारी, बर्दियाका सांसद भुवनेश्वर चौधरी, शंकर गिरी, अर्जुन श्रेष्ठ र डिल्ली चौधरीले दाङ देउखुरीको पक्षमा मतदान गरेका हुन् ।
प्रदेशसभामा कांग्रेसका १९ सांसद छन् । जसमध्ये १३ जनाले दाङ राजधानी राख्ने विपक्षमा मतदान गरेका हुन् ।
प्रदेशसभा सांसद सुरेन्द्र हमाल काठमाडौँमा रहेका कारण मतदानमा सहभागी भएका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा प्रतिपक्षले भन्यो, ‘नयाँ नीति तथा कार्यक्रम विगतकै कपी एन्ड पेस्ट’
-
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोड
-
प्रधानमन्त्रीलाई ‘राजदूत बनाइदिन’ म्यासेज गर्दा सचिव कृष्णहरि पुष्कर पक्राउ अनि रिहा
-
पत्रकार महासङ्घद्वारा जेठ २५ देखि असार ५ गतेसम्म दबाबमूलक आन्दोलन घोषणा
-
‘ध्यानबाट मानसिक शान्ति, तनाव व्यवस्थापन तथा सामाजिक सद्भाव प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास’
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण