बालुवाटारमा नेकपाको सचिवालय बैठक जारी
काठमाडौँ । नेपाल कम्युनिस्ट पाटी (नेकपा) को सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । मन्त्रिपरिषद पुनर्गठन, सरकारले गरेको सवैधानिक तथा राजनीतिक नियुक्ति, पार्टी एकताका बाँकी काम लगायतका एजेण्डामा छलफल शुरु भएको बालुवाटार स्रोतले जनाएको छ ।
अवश्यकताअनुसार मन्त्री हेरफेर गर्ने कि खाली रहेका मन्त्रालयमा मन्त्री मात्र पठाउने विषयमा आजको बैठकले टुङ्गों लगाउने बताइएको छ । अध्यक्षद्धय केपी शर्माअोली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ का बीचमा शुरुमा खाली रहेका तीनवटा मन्त्रालयमा मन्त्री पठाउने त्यसपछि बाँकी मन्त्रालयको विषयमा छलफल गर्ने सहमति गरेको स्रोतले जनाएको छ ।
पार्टीका महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्यहरु जनार्दन शर्मा र सुरेन्द्र पाण्डेलाई पार्टीले मन्त्रिपरिषद्का लागि सिफारिश गर्ने कुरा भएको छ । तर अर्थमन्त्रालयमा पौडेल जाने कि पाण्डे जाने विषयमा सहमित हुन सकेको छैन । सचिवालयको बैठकमा त्यस विषयमा पनि छलफल हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण