शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

बालुवाटारमा नेकपाको सचिवालय बैठक जारी

मङ्गलबार, २० असोज २०७७, १७ : २८
मङ्गलबार, २० असोज २०७७

काठमाडौँ । नेपाल कम्युनिस्ट पाटी (नेकपा) को सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । मन्त्रिपरिषद पुनर्गठन, सरकारले गरेको सवैधानिक तथा राजनीतिक नियुक्ति, पार्टी एकताका बाँकी काम लगायतका एजेण्डामा छलफल शुरु भएको बालुवाटार स्रोतले जनाएको छ ।

अवश्यकताअनुसार मन्त्री हेरफेर गर्ने कि खाली रहेका मन्त्रालयमा मन्त्री मात्र पठाउने विषयमा आजको बैठकले टुङ्गों लगाउने बताइएको छ । अध्यक्षद्धय केपी शर्माअ‍ोली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ का बीचमा शुरुमा खाली रहेका तीनवटा मन्त्रालयमा मन्त्री पठाउने त्यसपछि बाँकी मन्त्रालयको विषयमा छलफल गर्ने सहमति गरेको स्रोतले जनाएको छ ।

पार्टीका महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्यहरु जनार्दन शर्मा र सुरेन्द्र पाण्डेलाई पार्टीले मन्त्रिपरिषद्का लागि सिफारिश गर्ने कुरा भएको छ । तर अर्थमन्त्रालयमा पौडेल जाने कि पाण्डे जाने विषयमा सहमित हुन सकेको छैन । सचिवालयको बैठकमा त्यस विषयमा पनि छलफल हुने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप