पेस्तोल देखाएर आतंक मच्चाउने २ जना पक्राउ
काठमाडौँ । पेस्तोल देखाएर आतंक मच्चाउने रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–९ का २१ वर्षीय राजकुमार हरिजन र पेस्तोल लुकाउन सहयोग गर्ने मायादेवी गाउँपालिका–४ गुण्डीढालाका ३९ वर्षीय सदानन्द सहानी पक्राउ परेका छन् । हरिजनल आफ्नै घरबाट पक्राउ परेका हुन् ।
हरिजनको बयानको आधारमा सहानीले सञ्चालन गरेको नास्ता पसलभित्र लुकाई छिपाई राखेको अवस्थामा कटुवा पेस्तोल बरामद भएपछि उनलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको प्रहरी टोलीले मंगलबार सहानीको खाजाघर तलासी गर्दा झोलामा लुकाई राखेको अवस्थामा उक्त कटुवा पेस्तोल फेला परेको प्रवक्ता खत्रीले रातोपाटीसँग भने ।
‘हरिजनले कोटहीमाई गाउँपालिका– २ गुलरियाका स्थानीयलाई पेस्तोल देखाउँदै आतंक मच्चाएको खबर सोमबार जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा पुगेको थियो । सोही सूचनाको आधारमा उनीहरु पक्राउ परेका हुन्,’ प्रवक्ता खत्रीले भने ।
यस सम्बन्धमा प्रहरीले अवाश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण