प्राध्यापक कुट्ने पक्राउ परेनन्, नेविसंघका नेताविरुद्ध किटानी जाहेरी
काठमाडौं । त्रिभुवन विश्विद्यालयका प्राध्यापक प्रेम चलाउनेलाई कुटपिट गर्नेलाई प्रहरीले अझै पक्रन सकेको छैन् । समाजशास्त्र केन्द्रीय विभागका प्राध्यापक चलाउनेलाई मंगलबार विश्वविद्यालय परिसरमा ३ जना युवाले कुटेर भागेका थिए । घटनामा मानस कोइरालाको नाममा रहेको मोटरसाइकल प्रयोग भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । तर, कोइराला अहिले लण्डनमा छन् ।
कुटपिटमा संलग्नहरुको पहिचान खुलेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरिक्षक (एसपी) सोमेन्द्रसिंह राठौरले रातोपाटीलाई बताए । उनले भने– ‘कुटपिटमा संलग्नको पहिचान खुलेको छ, छिट्टै पक्राउ गर्छौं ।’ प्राध्यापक चलाउनेको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।
बुधवार कम्मर र गोलीगाँठोको भागमा मेजर अप्रेशन गर्नुपर्ने त्रिविका प्राध्यापक गुमनसिंह खत्रीले रातोपाटीलाई बताए । उनको टाउकोको पनि एमआरआई हुँदैछ । कुटपिटमा संलग्न रहेको भन्दै प्राध्यापक चलाउनेका तर्फबाट त्रिभुवन विश्वविद्यालयका तीन जना नेताविरुद्ध प्रहरीमा किटानी जाहेरी दिइएको छ ।
नेविसंघ त्रिभुवन विश्वविद्यालय समितिका अध्यक्ष हरि आचार्य, सचिव योगेन्द्र रावल र कर्णबहादुर थापाविरुद्ध किटानी जाहेरी दर्ता गरिएको बताइएको छ । रावलले केही समयअघि त्रिविमा लगाएको ताला काटेमा ‘हात काट्छु’ भनेर विज्ञप्ति निकालेका थिए । प्राध्यापक चलाउनेलाई नेविसंघले थ्रेट गर्दै आएको प्रहरी अनुसन्धानबाट थाहा भएको छ । आफुलाई कुट्नेलाई योगेन्द्र रावलले मोटरसाईलकमा राखेर भगाएको चलाउनेले आफ्ना निकटहरुसँग बताएका छन् ।
आचार्य समुह कृष्ण सिटौलानिकट मानिन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण