युट्युबका प्रिमियम ग्राहकलाई विशेष सुविधा
बुधबार, २१ असोज २०७७, १७ : २२
वासिङ्टन । भिडियो सेयर गर्ने युट्युब प्लेटफर्मले नयाँ सुविधा परीक्षण गर्ने नीति ल्याएको जनाएको छ । एक्सडीए–डेभलपर्सका अनुसार परीक्षणका रुपमा यो सुविधा विशिष्ट (प्रिमियम) ग्राहकलाई मात्र उपलब्ध हुनेछ । केही छानिएका गूगल प्रयोगकर्ताले यी सुविधाहरु परीक्षण गरिसकेको दी भर्जले जनाएको छ । प्रिमियम ग्राहकले युट्युब प्रयोग गर्दा भिडियो, आवाज, आवाज मार्फत खोजी र अन्य भाषासम्बन्धी फिल्टरहरु प्रयोग गर्न पाउने छन् ।
प्रिमियम सेवा लिन ग्राहकले प्रति महिना करिब १२ अमेरिकी डलर तिर्नु पर्नेछ । ग्राहकले विज्ञापन रहित, पृष्ठभूमिका अन्य सामग्री हटाएर पनि भिडियो हेर्न सक्नेछन् भने युट्युब म्युजिक च्यानलमा समेत अलग पहुँचको सुविधा लिन सक्नेछन् । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औद्योगिक क्षेत्रको महसुल विवाद निरुपण नहुँदासम्म विद्युत् लाइन नकाट्न आग्रह
-
सामाजिक सञ्जालमा भ्रामक विज्ञापन नगर्न विज्ञापन बोर्डको आग्रह
-
जम्मा २५ पटक छोए बल, मैदानमै लाग्यो 'मेस्सी मेस्सी'को नारा
-
म्याद टाँसेपछि अख्तियारलाई आरजुको इमेल, ‘३ दिनभित्र आउन सक्दिनँ’
-
काठमाडौँ महानगरको बजेट : कुन क्षेत्रमा कति ?
-
बजेटबारे कर्णालीका सांसद भन्छन्– लक्ष्य स्पष्ट छैन, कार्यान्वयन चुनौतीपूर्ण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण