बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
राहदानी खरिद प्रकरण

म्याद टाँसेपछि अख्तियारलाई आरजुको इमेल, ‘३ दिनभित्र आउन सक्दिनँ’

बिहीबार, ०४ असार २०८३, १७ : २९
बिहीबार, ०४ असार २०८३

सारांश

  • राहदानी छपाइमा भएको अनियमितताबारे बयान दिन म्याद थपिएपछि कांग्रेस नेतृ आरजु राणा देउवाले अख्तियारलाई इमेल गरेकी छन् ।
  • पूर्व परराष्ट्रमन्त्री देउवाले आफू विदेशमा रहेकाले ३ दिनभित्र बयानका लागि उपस्थित हुन नसक्ने व्यहोरा इमेलमार्फत जानकारी गराएकी छन् ।
  • राहदानी खरिदमा करिब ८ अर्ब रुपैयाँ अनियमितता भएको निष्कर्षसहित अख्तियारले राहदानी विभागका महानिर्देशकसहित ४ जनालाई अनुसन्धानका लागि पक्राउ गरेको छ ।

काठमाडौँ । राहदानी छपाइमा भएको अनियमितताबारे बयानमा आउन म्याद टाँस भएसँगै कांग्रेस नेतृ आरजु राणा देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा इमेल गरेकी छन् ।

 पूर्व परराष्ट्रमन्त्री समेत रहेकी देउवाले अख्तियारको ठेगानामा इमेल गर्दै भनेकी छन्, ‘म विदेशमा छु, ३ दिनभित्र आउन सक्दिनँ ।’

आरजुले आउन नसक्ने भन्दै इमेल गरेको अख्तियारका एकजना उच्च अधिकृतले पुष्टि गरे । उनले इमेलमा आफू कुन मुलुकमा रहेको भन्ने विवरण भने खुलाएकी छैनन् ।

अख्तियारले असार २ मा देउवाको घरमा म्याद टाँस गरेको थियो । घरमा तामेल गरिएको म्याद पत्र अनुसार उनलाई ३ दिनभित्र आयोगको मुख्यालय टंगालस्थित कोठा नम्बर १२ मा उपस्थित हुन भनिएको थियो । आयोगको पत्रमा भनिएको छ, ‘उपस्थित हुन नआए कानुन बमोजिम हुने छ ।’ आरजु हाल हङकङमा रहेको बताइन्छ ।

आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र विभागको सूचना प्रविधि निर्देशक सुनिल कुमार केसीसहित ४ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । पक्राउ पर्नेमा जर्मन कम्पनी मुल्हबाउरका नेपाल प्रतिनिधि मुनिन्द्रराज मल्ल र राहदानी विभागका तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्य छन् ।

राहदानी खरिदमा आरजु समेतको मिलेमतोमा करिब ८ अर्ब रुपैयाँ अनियमितता भएको आयोगको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप