काठमाडौँ महानगरले घर घरमै नागरिकता र राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने
बिहीबार, ०४ असार २०८३, १७ : २१
सारांश
- काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षमा घर घरमै नागरिकता र राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने भएको छ ।
- आर्थिक वर्ष २०८३/८४ को बजेटमा युवा केन्द्रित स्वरोजगार कार्यक्रमका लागि १० करोड रुपैयाँ विनियोजन गरिएको छ ।
- अपाङ्गता भएका, अशक्त र हिँड्डुल गर्न नसक्ने महानगरवासीलाई घरमै नागरिकता र राष्ट्रिय परिचयपत्र उपलब्ध गराउन बजेटको व्यवस्था गरिएको छ ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले घर घरमै नागरिकता र राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने उपलब्ध गराउने भएको छ । बिहीबार आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दै महानगरले आगामी आर्थिक वर्षमा युवा केन्द्रित स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने कुरालाई पनि उल्लेख गरेको छ ।
‘यसका लागि १० करोड रुपैयाँ विनियोजन गरिएको छ । त्यसैगरी नवयुवा सहकार्य र कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।
जेनजी सहिद तथा अमर प्रहरीको नामावली सहितको स्मारक निर्माण गर्न बजेट व्यवस्था गरिएको छ,’ महानगर उपप्रमुख सुनिता डङ्गोलले प्रस्ताव गरेको बजेटमा भनिएको छ, ‘अपाङ्गता भएका व्यक्ति, अशक्त तथा उमेरको कारण हिँड्डुल गर्न नसक्ने महानगरवासीका लागि सम्बन्धित निकायसँग समन्वय गरी घरघर मै नागरिकता र राष्ट्रिय परिचयपत्र उपलब्ध गराउन आवश्यक बजेटको व्यवस्था गरिएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम
-
अधिकार सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक : सभापति बास्कोटा
-
पहिलो खेलपछि सबै विश्वकप टोलीहरूको वरीयता
-
‘परम्परागत गृह प्रशासनलाई डिजिटल रुपान्तरण गर्ने बजेटको लक्ष्य’
-
विपद् व्यवस्थापनसम्बन्धी सन्देशसहित कार्टुन प्रदर्शनी
-
विश्वकपमा केही खेलाडीको जर्सीमा देखिने विशेष प्याच के हुन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण