छायाँकनमा फिल्म ‘आश्रम’
काठमाडौं – कोरोना संक्रमित बढ्दो भएको कारण सरकारले फिल्म क्षेत्र माथिको प्रतिबन्ध अझै हटाएको छैन । तर पनि फिल्मकर्मी छायाँकन तथा निर्माणमा जुटिरहेका छन् ।
यस्तैमा फिल्म ‘आश्रम’को पनि अहिले धमाधम छायाँकन भइरहेको छ । मंगलबारबाट छायाँकनका लागि फ्लोरमा निस्किएको फिल्मको बालाजुस्थित चलचित्र बिकाश कम्पनीमा छायाँकन भइरहेको छ हो । मनोज राजभण्डारीको निर्माण रहेको फिल्म इन्डोर र आउटडोर दुवै छायांकन स्टुडियोमै हुने छ ।
‘फिल्मको इन्डोर र आउटडोरको छायाँंकन एनफडिसीको स्टूडियो भित्रै हुनेछ । फिल्मको टिम पनि ठूलो छैन’ निर्माता भण्डारीले भने ‘सामाजिक दूरीसँगै स्वास्थ्य सुरक्षा अपनाएर फिल्मको छायांकन सुरु गरेका हौं ।’
मेरोन राजभण्डारी निर्देशक रहेको फिल्ममा एलमिता केसी, नविस कठायत, किमत गौतम, अनुष्का तिमल्सिना, कौशल दाहाल, पल्पसा श्रेष्ठ, बालकलाकार श्रीयन राजभण्डारी, श्रद्धा महर्जन, टिसा राजभण्डारी, सिवानी खड्कालगायतको अभिनय रहनेछ ।
कथा तथा पटकथा सृष्टि पोखरेलको रहेको फिल्मले बालआश्रममा बस्ने बालबालिकाको अवस्था र उनीहरुको मनोविज्ञानलाई देखाउने छ । हलमा दर्शकको उपस्थिति बाक्लिन थालेपछि फिल्मलाई प्रदर्शन गर्ने योजना रहेको निर्माण युनिटले जनाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङ बालिका मृत्यु प्रकरण : निष्पक्ष अनुसन्धान र कारबाही गर्न मन्त्री बादीको निर्देशन
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
-
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
-
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक’ सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण