विद्युत् विस्तार गर्न आग्रह
विद्युत् विस्तारमा ठेकेदार कम्पनीले बाधा अड्चन गरेको आरोप लगाउँदै बाँकेका राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका वासिन्दा आन्दोलनमा उत्रिएका छन् । उनीहरुले आज मध्यान्ह पूर्व पश्चिम राजमार्ग चक्काजाम समेत गरेका छन् । सवारी साधन बीच सडकमै रोकिँदा यात्रु अलपत्र परेका थिए ।
सङ्घर्ष समितिका संयोजक पट्टु थारुले कोहलपुरबाट धामपुरको सब स्टेशनसम्म ३३ केभीको मुख्यलाइन गएपनि गाउँमा बिजुली वितरण हुन नसकेको बताए । उनका अनुसार विद्युत् विस्तारको कामलाई विद्युत् प्राधिकरणले अगाडि बढाउन खोज्दा ठेकेदार कम्पनी गौरी पार्वती उष्मा जेभीले उच्च अदालत नेपालगञ्जमा मुद्दा दर्ता गरेपछि स्थानीय आक्रोशित भएका बताइएको छ ।
अहिले पनि राप्तीसोनारीको वडा ३ र ४ मा पूर्णरुपमा विद्युत् पुगेको छैन । वडा नं ५ का केही गाउँ र नरैनापुरकाको ५ वटा भन्दा बढी वडामा विद्युत् विस्तार हुन सकेको छैन । २०६४ सालमा रु ४६ करोड लागतमा ३३ केभी लाइन विस्तारका लागि बोलपत्र आह्वान भएको भएपनि कामको जिम्मा पाएको सो कम्पनीले १४ बर्षसम्म काम नगरेपछि विद्युत विस्तार हुन सकेको छैन ।
प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले विद्युत् विस्तारको बिषयमा आफु निकै सकारात्मक रहेको जनाउँदै अदालतलाई विद्युत् विस्तारको पक्षमा जवाफ दिएको बताए । उनले सङ्घर्षका कार्यक्रम नगर्ने गरी राप्तीसोनारी र नरैनापुरवासीको माग सम्बोधन गर्नेतर्फ ध्यान दिएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सकिन्छ : राष्ट्रपति पौडेल
-
जनकपुरका गुठी जग्गा र पोखरी अतिक्रमणको खोजी सुरु, सात दिनभित्र खाली गर्न सूचना
-
ट्वाइलेट सिटको पानी पिउने प्रतियोगिता आयोजना
-
बागमतीका १३ वटै जिल्लाका उद्योग प्रशासन डिजिटल प्रणालीमा
-
इराकमार्फत आएको अमेरिकी युद्धविराम प्रस्ताव इरानले गर्यो अस्वीकार
-
प्रहरीको जागिर चुनौतीपूर्ण र अपजसी हुन्छ : मदनकृष्ण श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण