धितोपत्र बोर्डको इलेक्ट्रोनिक रिपोर्टिङ सिस्टम सञ्चालनमा
काठमाडौं । नेपाल धितोपत्र बोर्डले इलेक्ट्रोनिक रिपोर्टिङ एण्ड रिटार्यभल सिस्टम (ईआरआरएस) सञ्चालनमा ल्याएको छ । विश्व लगानीकर्ता सप्ताहको अवसरमा बोर्डले यो सिस्टम सञ्चालनमा ल्याएको हो । ईआरआरएस सिस्टम सचालनमा आएपछि धितोपत्र बोर्डसँग अनुमति लिएर सञ्चालन भएका संस्थाहरुले बोर्डलाई गर्नुपर्ने सबै प्रकारका रिपोर्टिङ अनलाइनबाटै गर्न सकिने व्यवस्था गरेको जनाएको छ ।
हाल बोर्ड अन्तर्गत नेपाल स्टक एक्सचेञ्ज, सिडिएस एण्ड क्लियरिङ लिमिटेड, मर्चेन्ट बैंकर, ब्रोकर तथा सूचीकृत कम्पनीहरु पर्दछन् । ती सबै संस्थाले कानून बमोजिम धितोपत्र बोर्डलाई गर्ने सबै प्रकारका रिपोर्टिङको लागि कार्यालयसम्म धाउनु नपर्ने अध्यक्ष भीष्मराज ढुंगानाले जानकारी दिए ।
बोर्डमा रिपोर्टिङ गर्नुपर्ने संस्थाले बोर्डबाट युजरनेम र पासवर्ड प्राप्त गरी यो सिस्टममार्फत् रिपोर्टिङ गर्न सक्ने समेत उनको भनाई छ । यो सिस्टमले कोभिड–१९ का कारण सिर्जित परिस्थिति तथा प्रविधिको समयमा पनि प्रत्यक्ष रिपोर्टिङ गर्ने अवस्थाबाट परिवर्तन गर्नुपर्ने अवस्थालाई सम्बोधन गर्ने समेत उनको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण