स्याङजामा बसको ठक्करबाट २ जनाको मृत्यु
स्याङजा । स्याङ्जाको भीरकोटमा आज अपराह्न बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार वालिङबाट हेलुतर्फ जाँदै गरेको पायोनियर हायर एजुकेसन ऐकेडेमीको ग १ क ४३७० नम्बरको बसले विपरित दिशाबाट आएको ग १३ प २८१४ नम्बरको मोटरसाइकललाई भीरकोट–१ दार्सिङस्थित सिद्धार्थ राजमार्गमा ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।
उहाँका अनुसार स्याङ्जाको भीरकोट–३ बानेथोक देउराली घर भई हाल कपिलवस्तु बस्ने ३१ वर्षीय ध्रुब भन्ने गुप्तबहादुर खत्री र भीरकोट–३ बानेथोक देउराली घर भई वालिङ नपा–१ रामबाच्छा बस्ने ५५ वर्षीय ढालबहादुर रानाको हेलुस्थित कालिका सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीले दुवै सवारीसाधन र बस चालकलाई नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण