१३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा पक्राउ
काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–८ बोडेमा १३ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा प्रहरीले पासाङ तामाङलाई पक्रेको छ । रामेछापको दोरम्बा गाउँपालिका–७ थापागाउँका पासाङले चारदोबाटोस्थित डेरामा लगेर बालिकालाई जबर्जस्ती करणी गरेको महानगरीय प्रहरी वृत्त थिमिका डिएसपी ऋषिराम कँडेलले रातोपाटीलाई बताए ।
असोज १८ अघि बालिका हराएपछि अभिभावकले प्रहरीलाई खबर गरे । भक्तपुरमा बालिकाको परिवार बस्ने घरमा अर्की किशोरी पनि बस्थिन् । २१ वर्षीय ती किशोरीको गाडी लाईनका ड्राइभरसँग प्रेम सम्बन्ध थियो । ड्राइभरलाई भेट्न जाँदा उनले ‘बहिनी हिड्’ भनेर बालिकालाई पनि सँगै लगिन् ।
आफुसँग भएको सुन बेचेर बागबजारस्थित होटलमा केहि दिन बसेपछि किशोरी रामेछापको मन्थलीस्थित प्रेमीको घरतिर लागिन् । अनि, बालिकालाई दोरम्बाका २१ वर्षीय पासाङले आफ्नो डेरामा ल्याए । ‘बलात्कृत बालिकालाई पासाङको डेराबाट उद्धार गरेका हौं’ महानगरीय प्रहरी वृत्त थिमिका डिएसपी कँडेलले भने–‘जबर्जस्ती करणी मुद्धामा अदालतबाट म्याद लिएर थप अनुसन्धान गरिरहेका छौं ।’
बालिका बलात्कारमा संलग्न आरोपीलाई वृत्त थिमि र महानगरीय अपराध महाशाखाको टोलीले असोज १९मा पक्रेर शुक्रवार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण