तत्कालिन मधेस मुक्ति टाइगर्स समूहका साह हत्या आरोपमा पक्राउ
काठमाडौँ । महिलाको हत्या गरी फरार रहेका तीनजना पक्राउ परेका छन् । २०७७ असोज १० गते राती आफ्नो घरमा एक्लै बसिरहेको अवस्थामा सप्तरी तिरहुत गाउँपालिका–मैनाकडरीकी ५० वर्षीय दाईमन देवी यादवको हत्या भएको थियो । हत्यापश्चात उनीहरु गाउँमै लुकिछिपी बस्दै आएका थिए ।
यादवको हत्यामा संलग्न आरोपीहरु सोही ठाउँका २१ वर्षीय अजय कुमार यादव, ५२ वर्षीय राधे भन्ने ओमप्रकाश यादव र कञ्चनपुर नगरपालिका–११ ठेलिया बस्ने ५५ वर्षीय बमबहादुर साहलाई २ नम्बर प्रदेश प्रहरी कार्यालयले सप्तरी प्रहरीको समन्वयमा पक्राउ गरेको हो ।
बमबहादुर साह तत्कालिक मधेस मुक्ति टाइगर्स भन्ने सशस्त्र समूहमा संलग्न रही शिक्षक रामनारायण साहको हत्या अभियोगमा अदालतबाट ८ वर्ष जेल सजाय बसी २ वर्षअघि मात्र हिरासतमुक्त भएका थिए । उनै बमबहादुरले दाईमन देवीको घाँटी थिचेर हत्या गरेका हुन् ।
२ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख धीरजप्रताप सिंहका अनुसार बमबहादुरले महिलालाई भुइँमा लडाएर डोरीले घाँटीमा कसेर हत्या गरेको र ओमप्रकाश र अजयले बाहिर कोही आउँछ कि भनेर रेक्की गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
मृतक महिलाको देवरानीसँग ओमप्रकाश यादवले अनैतिक सम्बन्ध राखेको दाईमन देवी यादवले थाहा पाएपछि रिसिईबी राखी हत्याको योजना बनाएको हुनसक्ने सिंहले रातोपाटीसँग भने । त्यस्तै अजय यादव र मृतकबीच जग्गा विवाद रहेको खुलेको छ । २ बिघा जमिन अजय यादवका बुबाले २०४७ सालदेखि जोतभोग गर्दै आएको र सोही विवादका कारण बाली नबुझाएको पाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण