बाबा रामदेव जब हात्तीको पिठ्युँबाट एक्कासि तल खसे...
मङ्गलबार, २७ असोज २०७७, २३ : २६
एजेन्सी । सोमबार भारतको मथुरास्थित महावन आश्रममा एउटा घटना भयो । सो घटनाको भिडियो अहिले भारत र अन्य क्षेत्रमा समेत भाइरल भैरहेको छ । घटना के भएको थियो भने महावनस्थित आश्रममा एउटा योग कार्यक्रम आयोजना गरिएको थियो, जुन कार्यक्रममा बाबा रामदेव उपस्थित थिए । बाबा रामदेव निकै राम्रोसँग सजाइएको हात्तीको पिठ्युँमा चढेर योग गर्न थाले । योग गर्दागर्दै हात्ती उफ्रिन थाल्यो ।
हात्ती सुरुमै चल्मलाउँदा त रामदेवले वास्ता गरेनन् तर फेरि अर्को पटक भने हात्ती निकै झड्का दिने ढंगले उफ्रियो । हात्तीको पिठ्युमा ध्यानमग्न बाबा रामदेव एक्कासि हात्तीबाट तल खसे । रामदेव तल झर्ने वित्तिक्कै वरिपरि रहेका मानिसहरुले उनलाई उठाएको देखिन्छ । त्यसपछि रामदेव निकै आँतिएझै अगाडि दौडिएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । धेरैले रामदेवलाई मजाकमा उडाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
-
नागरिक एपबाटै ग्लोबल आइएमई बैंकको खाता खोल्न सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण