अनेरास्ववियुको एकता अन्तिम चरणमा
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को एकताको काम अन्तिम चरणमा पुगेको छ । अनेरास्ववियुले यही साता जिल्ला कमिटीलाई पूर्णता दिन र स्थानीय तथा क्याम्पस कमिटीलाई आगामी मङ्सिर १५ गतेसम्म निर्माण गर्ने गरी काम अगाडि बढाएको छ ।
अहिले अखिलको केन्द्रीय कमिटी मात्र निर्माण भएको छ । केही दिनअघि केन्द्रीय कमिटीका संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले सबै जिल्ला, विश्वविद्यालय, स्थानीय तह र क्याम्पस कमिटीलाई परिपत्र जारी गरी एकता प्रक्रिया टुङ्गोमा पुर्याउन निर्देशन दिएका थिए ।
अखिलका संयोजक महरले तल्लो तहका कमिटीलाई पूर्णता दिने गरी परिपत्र जारी गरिसकेको र सोही परिपत्रनुसार अहिले एकताको काम भइरहेको जानकारी दिए । उनका अनुसार यसै साता जिल्ला कमिटीलाई पूर्णता पाउने छ । यसअघि जिल्ला कमिटीका संयोजक र सहसंंयोजक तोकेर पठाइसकेको छ । अखिलले ५१ देखि ६१ जनासम्मको जिल्ला कमिटी बनाउने निर्देशन दिएको छ ।
संयोजक महरले परिपत्रअनुसार काम नगर्ने र समानान्तर कमिटी बनाउने केन्द्रीय कमिटी सदस्यलाई कारवाही गरिने बताए । पार्टी एकता भएसँगै नेकपाको पार्टी एकता अझै टुंग्गिएको छैन । यसअघि राष्ट्रिय युवा सङ्घले मात्र जिल्ला र स्थानीय तहको एकता टुङ्ग्याइसकेको छ । उनले जिल्ला, स्थानीय तह र क्याम्पस कमिटी टुङ्गिएपछि प्रदेश, विश्वविद्यालय, केन्द्रीय कमिटीको बाँडफाँड र कार्यविभाजन टुङ्ग्याइने बताए । अखिलमा अहिले ३३५ जनाको केन्द्रीय कमिटी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण