माइतीघरमा २१ दलको प्रदर्शन : एमसीसी र भारतीय अतिक्रमणको विरोध (तस्बिरमा हेर्नुस् )
काठमाडौं । राष्ट्रियता, जनतन्त्र र जनजीविका सवालमा नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल) लगायत २१ राजनीतिक पार्टी तथा संगठनहरुले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् ।
बिहीबार भएको विरोध प्रदर्शनमा एमसीसीको खारेज, भारतद्वारा नेपाली भुमिमाथि गरेको अतिक्रमणको विरोध, कोभिड–१९ का नाममा सरकारले गरेको भ्रष्टाचारको छानवीन हुनुपर्ने लगायत लेखेका प्लेकार्ड प्रदर्शन गरेका छन् ।

उनीहरुले कोरोनाको निःशुल्क उपचारको व्यवस्था हुनुपर्ने, भोकमरीबाट पीडित जनताका लागि खाद्यान्नलगायतका न्यूनतम आवश्यकताको परिपूर्ति, अविलम्ब रोजगारीको व्यवस्था, बलात्कार र हत्याजस्ता अपराधको नियन्त्रण र अपराधीमाथि कारवाही आदिको माग गरेका थिए ।

प्रदर्शनमा नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले),राष्ट्रिय जनमोर्चा, नेपाल, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल नेपाल कम्युनिस्ट पार्टी,नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जागरण मञ्च, जनसमाजवादी पार्टी, नेकपा (संयुक्त), राष्ट्रिय जागरण परिषद्, नेपाल वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेकपा (बोल्शेविक), राष्ट्रवादी केन्द्र, नेपाल, एम.सीसी खारेज अभियान,पुष्पलाल अध्ययन समाज, सर्वहारा कम्युनिस्ट पार्टी (माओवादी), माक्र्सवादी एकता अभियान, नेकपा (माक्र्सवादी), नेकपा माक्र्सवादी (पुष्पलाल) र ने.क.पा. (माओवादी) का नेता कार्यकर्ता सहभागी भएका थिए ।







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञसँग छलफल
-
ढुक्क रहनुहोस्, मति सुध्रने छ, गति बढ्ने छ : योगेश भट्टराई
-
बजेटको आकार वृद्धि गर्दै सुदूरपश्चिम सरकार
-
५०० दरका नक्कली नोटसहित महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण