यौन दुर्व्यवहारको आरोपमा होटेल व्यवसायी पक्राउ
बिहीबार, २९ असोज २०७७, १८ : ०६
जनकपुर । जनकपुरधामका एक होटेल व्यवसायी यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् । बिहिबार जेसिएफ होटेल सञ्चालक प्रमोद यादवलाई प्रहरीले यौन दुर्व्यवहारको आरोपमा पक्राउ गरेको हो ।
कक्षा ९ मा अध्यनरत एक किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १९ स्थित बेंगा शिवपुर बस्ने अन्दाजी ३८ वर्षीय यादवलाई पक्राउ गरेको प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।
किशोरीले जिल्ला प्रहरी कार्यालय धनुषामा जेएफसीका सञ्चालक यादवसहित ३ जनाविरुद्ध उजुरी दिएकी थिइन् । पक्राउ परेका आरोपित यादवमाथि थप अनुसन्धान भइरहेको मिश्रले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण