काकाको हत्या अभियोगमा एक पुरुष पक्राउ
पोखरा । आफ्नै काकाको हत्या अभियोगमा पोखरामा एक जना समातिएका छन् । पोखरामा बसेर ज्याला, मजदुरी गरेर बस्दै आएका ओखलढुंगाका इन्द्रबहादुर तामाङलाई प्रहरीले समातेको हो । साविक मुलखर्क गाविस वडा नम्बर २ हालको सुनकोशी गाउपालिका वडा नम्बर ५ बान्द्रे स्थायी भएका तामाङ बिगत ३ वर्षदेखि पोखरा तथा आसपासका ईलाकामा ज्याला मजदुरी काम गर्दै आएका थिए ।
२०७६ साल कार्तिक महिनादेखि पोखरा महानगरपालिका वडा नम्बर २० स्थित मजुवा बिसौना विजयपुर कोट पर्यटकिय पैदल मार्ग निर्माणको काम गर्दै आएका ५५ वर्षीय टंकबहादुर तामाङलाई प्रहरीले बैशाख २१ गते बिहान ६ बजे उनी बस्दै आएको मजुवा जंगल छेउमा पाल र स्याउलाले बारबेर बनाएको छाप्रोमा टाउको तथा अनुहारमा गम्भिर चोट लागेको र मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्याय कास्कीका डिएसपी सुवास हमालले जानकारी दिए ।
घटनास्थलमा निज मृतक टंकबहादुर तामाङको टाउको र अनुहारमा चोटपटक लागि नाक, मुख र कानबाट रगत निस्केको अबस्थाको शव फेला परेको उनले जानकारी दिए । थप अनुसन्धान तथा कारवाही प्रक्रिया अघि बढाउँदा उक्त स्थानमा निज मृतक टंकबहादुर तामाङ, दाईको छोरा ईन्द्रबहादुर तामाङ र सिन्धुली घर भई पोखरा बस्दै आएको २४ वर्षीय पन्थबहादुर तामाङसँगै बस्दै आएका थिए ।
ईन्द्रबहादुर तामाङ खोजतलास गर्दा फेला नपरेको र पन्थबहादुर तामाङसँग सोधपुछ गर्दा गएको बैशाख २० गते बेलुकी ३ बजे ३ जना बसी रक्सी र मासु खाएको र भाँडा खसालेको बिषयमा निज मृतक टंकबहादुर तामाङ र ईन्द्र बहादुर तामाङ बीच झगडा सुरु भएको थियो । उनले बयानको क्रममा सँधै झगडा गर्ने बताएको डिएसपी हमालले जानकारी दिए । झगडा गरी सुत्न दिदैनन् भनि निज पन्थबहादुर तामाङ घटनास्थलबाट अन्दाजी १५० मिटर टाढा रहेको नारायण भन्ने व्यक्तिको घरको पिढीमा गई सुत्न गएको र भोलिपल्ट बिहान उनी उक्त स्थानमा आउँदा टंकबहादुर तामाङको लाश देखेको र ईन्द्रबहादुर तामाङ नदेखेको बताएका थिए ।
घटनाका सम्बन्धमा मृतकको छोराले ईन्द्रबहादुर तामाङको विरुद्धमा किटानी जाहेरी दिएका थिए । घटनास्थलमा मुचुल्का, लाश जाँच प्रकृति मुचुल्का र पोष्टमार्टम भएको थियो । अभियुक्त ईन्द्रबहादुर तामाङका बारेमा बिभिन्न स्थानहरुमा खोजतलास गर्दा सोमबार लमजुङको सोती पसलमा फेला पारेर पक्राउ गरिएको डिएसपी हमालले जानकारी दिए । लमजुङको मध्यनेपाल नगरपालिका वडा नम्बर २ सोती पसलबाट प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । प्रारम्भिक सोधपुछको क्रममा उनले घटना स्वीकार गरेको डिएसपी हमालले जनाए । अभियुक्त तामाङलाई कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान कार्य अगाडी बढाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
-
१९ वर्षीया मिरा एन्ड्रीभालाई पहिलो ग्रान्ड स्लाम उपाधि, पोल्यान्डकी च्वालिन्स्काको सपना अधुरै
-
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण