सगरमाथाको नयाँ उचाइ घोषणा चाँडै
काठमाडौँ – सरकारले विश्वको सर्वाेच्च शिखर सगरमाथाको नयाँ उचाइको घोषणा छिट्टै नै गर्ने भएको छ । सगरमाथाको उचाइ मापनको काम सम्पन्न भई घोषणाको तयारी भइरहेको भूमि व्यवस्था, सहकारी र गरिबी निवारण मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सहसचिव तथा प्रवक्ता जनकराज जोशीले सगरमाथाको उचाइ मापनको सम्पूर्ण प्राविधिक कार्य सम्पन्न भई उचाइ घोषणाको तयारी भइरहेको जानकारी दिए । ‘‘सगरमाथाको उचाइको गणना र ‘प्रोसेसिङ’ को काम सम्पन्न भइसकेको छ’’ उनले भने, ‘‘मित्र राष्ट्र चीनसँग जोडिएको विषय भएकाले परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक माध्यमबाट गरिने कामहरू अहिले भइरहेका छन् ।’’
‘‘सगरमाथाको उचाइ मापन र घोषणाबारे नेपाल र चीनले जारी गरेको संयुक्त वक्तव्य अनुसार परराष्ट्र मन्त्रालयले समन्वय गरेर एउटा मिति निर्धारण गर्छ र त्यसै अनुसार सगरमाथाको उचाइ घोषणा गरिने छ’’ उनले भने, ‘‘हामी आफ्नो तर्फबाट आफैँ घोषणा गर्छौँ, उनीहरूको तर्फबाट उनीहरूले घोषणा गर्ने छन् ।’’ घोषणा गरिने मितिबारे परराष्ट्र मन्त्रालयमार्फत पहल भइरहेको उनले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तरवार्ताको बिचमै रिसाएर किन हिँडे ट्रम्प ?
-
नेपालगञ्ज उपमहानगरपालिकाद्वारा विद्यालयहरूमा गर्मी बिदा
-
रास्वपा अर्घाखाँचीकाे सभापतिमा सीता पराजुली निर्वाचित
-
फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द
-
अन्तर व्यवस्थापिका मञ्चमा स्थानीय तहलाई उपेक्षा, पालिकाहरू रुष्ट
-
प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण नदिएसम्म सदन अगाडि बढ्न सक्दैन : कांग्रेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण