भारतमा पहिलोपटक समुद्री विमान सेवा सुरु, मोदीले गरे उद्घाटन
एजेन्सी । भारतमा पहिलोपटक समुद्री विमान सेवा सुरु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार सो समुद्री विमान सेवाको उद्घाटन गरेका छन् । शुक्रबारदेखि गृहनगर गुजरातको भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री मोदीले यो विमान सेवाको सुरुवात गरेसँगै केवडिया र साबरमतिबीचको २ सय २० किलोमिटरेको दूरी अब ४० मिनेटमा पार गर्न सकिने भएको छ ।
प्रधानमन्त्री मोदीले विमानसेवाको उद्घाटन लगत्तै अपरान्ह १ बजे केवडियाबाट उडान गरेका थिए । उनी १ बजेर ४० मिनेट जाँदा सावरमतिस्थित नदीको किनारमा उत्रिएका थिए । गुजरातको नर्मदा जिल्लामा अवस्थित सो परियोजना मोदीले लिएको महत्वाकाँक्षी परियोजना थियो । भारतीय जनताका लागि समुद्री विमानमार्फत सुविधा प्रदान गर्ने मोदीको यो ड्रिम प्रोजेक्ट हो । उक्त विमानमा सवार हुने यात्रुले १५ सय भारु भाडा तिर्नुपर्ने हुन्छ ।
उक्त विमानको वजन ३३ सय ७७ किलो रहेको छ भने फ्युल क्यापेसिटी १४ सय १९ लिटर रहेको छ । त्यस्तै लम्बाई १६ मिटर रहेको छ भो उचाई ६ मिटर रहेको छ । विमानको फ्युल पावर २७२ लिटर प्रतिघण्टा रहेको छ । उक्त विमानले ५६७० किलोग्राम सम्मको वजन बोक्न सक्ने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारद्वारा राजनीतिक दलसम्बन्धी विधेयक फिर्ता
-
अब रगतबाटै क्यान्सरको परीक्षण
-
विपक्षी दलको बैठकमा सत्तापक्षका माधव नेपाललाई पनि निम्तो
-
१ लाख ४० हजारको उच्च रेकर्डबाट ओर्लियो सुनको भाउ
-
सभामुख संसदीय मर्यादामा नबसेको कांग्रेसको निष्कर्ष
-
दलमा लागेका शिक्षकमाथिको कारबाही विवरण १५ दिनभित्रमा पेस गर्न निर्देशन