भारतमा पहिलोपटक समुद्री विमान सेवा सुरु, मोदीले गरे उद्घाटन
एजेन्सी । भारतमा पहिलोपटक समुद्री विमान सेवा सुरु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार सो समुद्री विमान सेवाको उद्घाटन गरेका छन् । शुक्रबारदेखि गृहनगर गुजरातको भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री मोदीले यो विमान सेवाको सुरुवात गरेसँगै केवडिया र साबरमतिबीचको २ सय २० किलोमिटरेको दूरी अब ४० मिनेटमा पार गर्न सकिने भएको छ ।
प्रधानमन्त्री मोदीले विमानसेवाको उद्घाटन लगत्तै अपरान्ह १ बजे केवडियाबाट उडान गरेका थिए । उनी १ बजेर ४० मिनेट जाँदा सावरमतिस्थित नदीको किनारमा उत्रिएका थिए । गुजरातको नर्मदा जिल्लामा अवस्थित सो परियोजना मोदीले लिएको महत्वाकाँक्षी परियोजना थियो । भारतीय जनताका लागि समुद्री विमानमार्फत सुविधा प्रदान गर्ने मोदीको यो ड्रिम प्रोजेक्ट हो । उक्त विमानमा सवार हुने यात्रुले १५ सय भारु भाडा तिर्नुपर्ने हुन्छ ।

उक्त विमानको वजन ३३ सय ७७ किलो रहेको छ भने फ्युल क्यापेसिटी १४ सय १९ लिटर रहेको छ । त्यस्तै लम्बाई १६ मिटर रहेको छ भो उचाई ६ मिटर रहेको छ । विमानको फ्युल पावर २७२ लिटर प्रतिघण्टा रहेको छ । उक्त विमानले ५६७० किलोग्राम सम्मको वजन बोक्न सक्ने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण