बञ्चरेडाँडामा एक महिनाभित्र फोहोर व्यवस्थापन गराउन निर्देशन
काठमाडौं । शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले एक महिनाभित्र बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न मिल्ने गरी काम सकाउन निर्देशन दिएका छन् । उनले कुनै पनि बहानामा आलटाल नगरी दीर्घकालसम्म फोहोर बिसर्जन गर्न मिल्ने गरी काम गर्न ठेकेदार कम्पनीलाई आग्रह गरे ।
सो स्थलको शुक्रबार निरीक्षणका क्रममा मन्त्री श्रेष्ठलाई कामको जिम्मेवारी पाएको लुम्बिनी–कोशी एण्ड न्यौपाने जेभीका प्रतिनिधि डम्बरबहादुर न्यौपानेले आगामी मङ्सिर १ गतेदेखि काठमाडौँ र ललितपुरको फोहोर बिसर्जन गर्न मिल्ने गरी काम भइरहेको अवगत गराएका थिए ।
कूल एक हजार ७ सय ९२ रोपनी जग्गा रहेको सो क्षेत्रमा अहिलेसम्म ल्याण्डफिल साइड जाने बाटोको निर्माण, डाँडा कटान, ड्याम निर्माण, रातोमाटो बिच्छ्याउने, ग्याबिङ पर्खाल निर्माण र दुईवटा भवन निर्माण सम्पन्न भएका छन् । अब फोहोर बिसर्जन गर्न स्थानबाट लिचेड पोखरीसम्म पुग्ने ह्युम पाइप राख्ने र लिचेड पोखरी निर्माण गर्न बाँकी रहेको छ ।
मन्त्रीका साथ मन्त्रालयका सचिव डा.रमेशप्रसाद सिंह, शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलाल, उपमहानिर्देशक पद्मकुमार मैनालीसहितको टोली निरीक्षणमा पुगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारी प्रकरणको छानविनमा सहयोग गर्न सांसद गीता बस्नेतलाई राप्रपाको निर्देशन
-
बालेनप्रति संकेत गर्दै ओलीले भने– सुकुम्वासीलाई हेप्ने र थर्काउने काम नगरौं
-
जापानी विदेशमन्त्रीको नेपाल भ्रमणको तयारी पूरा, के–के छन् एजेण्डा ?
-
सहकारी समस्या समाधानका लागि समिति गठन, अध्यक्षमा पूर्वन्यायाधीश गौतम
-
मुक्त कमैया समाजको तेस्रो राष्ट्रिय सम्मेलन कैलालीमा हुँदै
-
सहकारी प्रकरणको छानबिनमा सहयोग गर्न सांसद गीता बस्नेतलाई राप्रपाको निर्देशन