जवरजस्ती करणी आरोपमा दुईजना पक्राउ, एक आरोपित फरार
रौतहट । जबर्जस्ती करणीको आरोपमा रौतहट प्रहरीले दुईजनालाई पक्राउ गरेको छ भने अर्का एकजना फरार छन् । अत्यधिक मदिरा सेवन गरी पैसाको प्रलोभनमा जबरजस्ती करणी गर्न खोजेको आरोपमा एकजना र करणीको आरोपमा एकजना गरी दुईजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय कटहरियाको टोलीले कटहरिया नगरपालिका–१ झौवा टोल बस्ने ४५ वर्षीय रामलाल राय यादवलाई पक्राउ गरेको हो । यादवले यहीं कार्तिक १४ गते राति झौवा र बडका बडेरवा टोलबीच एउटा गोठमा एक्लै रहेकी अपाङ्गता भएकी १४ वर्षीया बालिकालाई पैसाको प्रलोभन देखाई जबरजस्ती करणी गर्न खोज्दा स्थानीयले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख एवं डिएसपी रवि रावलले जानकारी दिएका छन् । उनीसँगै रहेका अर्का आरोपित महन्थ यादव भने फरार भएको पीडित परिवारको भनाइ छ । डिएसपी रावलले भने अर्का आरोपितको संलग्नताबारे अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।
यस्तै जवरजस्ती करणीकै आरोपमा प्रहरीले जिल्लाको देवाही गोनाही नगरपालिका–१ करुनिया टोल निवासी १९ वर्षीय शेख बिगन भन्ने महमद तौफिकलाई पनि पक्राउ गरेको छ । तौफिकले कार्तिक १३ गते सोही स्थानमा बस्ने एक बालिकालाई जवरजस्ती करणी गरेको र उनलाई स्थानीयले घटनास्थलमै नियन्त्रणमा लिइ प्रहरी कार्यालय देवाही गोनाहीमा बुझाएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
पक्राउ परेका दुवैजनालाई हाल इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा राखिएको छ । जिल्ला अदालत गौरबाट १० दिनको म्याद थप गरी उनीहरुमाथि अनुसन्धान भइरहेको डिएसपी रावलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण