गर्जिए प्रधानमन्त्री ओली:...त्यसैले म राजीनामा दिन्न !
काठमाडौं । प्रधानमन्त्री केपी शर्माओलीले अहिले आफूले प्रधानमन्त्री पदबाट राजीनामा नदिने बताएका छन् । बुधबार काठमाडौंस्थित मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सञ्चारमाध्यममा राजीनामा दिनपर्यो भनेर हल्ला फैलिएको भन्दै आफू त्यसका लागि तयार नभएको बताएका हुन् ।
‘अहिले मैले राजीनामा दिन मिल्छ ? मेरो लागि होइन, मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो । त्यसैले म राजीनामा दिन्न्’, प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले बाहिर आफुविरुद्ध विभिन्न तयारी भइरहेको भन्दै त्यस्ता हल्लाले केही नहुने दावी गरे ।
‘केही हुनेवाला छैन । मेरा करले होइन, जनताको आवश्यकता र समर्थनले म आएको हुँ’ सम्बोधनका क्रममा उनले भने, ‘तपाइँहरु ढुक्क भएर काममा लाग्नुस् । धेरैपल्ट भित्रबाहिर प्रयास भए । जे मा पनि आलोचना गर्ने । अस्थिरताको खेती गरिरहने प्रयास केहीमा आदत छ । त्यस्तालाई म के गर्छु र ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अपमानित गरेको भिडिओ सार्वजनिक भएपछि बालिकाद्वारा आत्महत्या
-
हात्ती प्रभावित क्षेत्रको अवस्था बुझ्न गृहमन्त्री गुरुङ झापामा
-
स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गरिने छ : स्वास्थ्य मन्त्री
-
नेप्से परिसूचक २६ अङ्कले घट्यो
-
सगरमाथा चढ्नुअघि सात हजार मिटरभन्दा माथिको हिमाल आरोहण अनिवार्य बनाइँदै
-
१११ जनालाई केन्द्रीय सदस्य बनाउने र सदस्यता अध्यावधिक नगर्ने विषय स्वीकार्न सकिन्न : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण