भारतीय सेनाध्यक्ष नरवणे ढाकाटोपी लगाएर पशुपतिको आरतीमा (फोटोफिचर)
काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे बुधवार साँझ पशुपतिनाथको आरतीमा सहभागी भएका छन् । कोरोना संक्रमणको जोखिमका कारण मन्दिर बन्द भएको हुनाले उनले ‘विशेष पूजा’ गरेनन् । नेपाली ढाकाटोपी लगाएर नरवणेले पशुपति मन्दिरसँगैको बागमती पारीबाट आरती अवलोकन गरेका छन् ।
करिब ४५ मिनेट आरती अवलोकन गरेर उनी कालिमाटी स्थित सोल्टी होटल फर्किए । ०७७ जेठमा नेपाल–भारत सीमा विवादबारे विवादास्पद अभिव्यक्ति दिएपछि नेपालमा उनको चर्को विरोध भएको थियो । तर, भारतीय सैन्य प्रमुखले शिरमा नेपाली ढाकाटोपी लगाएर नेपालीको मन जित्ने प्रयास गरेका छन् ।

पशुपतिनाथको मन्दिर बन्द भएकोले नरवणेले आरती दर्शनमात्रै गरेको नेपाली सेनाका प्रवक्ता (सहायकरथी) सन्तोष बल्लभ पौडेलले रातोपाटीलाई बताए । पौडेलले भने–‘आज आरती दर्शन गर्ने अनौपचारीक कार्यक्रम थियो, ३ दिनको उहाँको भ्रमणको औपचारीक कार्यक्रम चाहिँ भोली बिहानबाट शुरु हुन्छ ।’









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञसँग छलफल
-
ढुक्क रहनुहोस्, मति सुध्रने छ, गति बढ्ने छ : योगेश भट्टराई
-
बजेटको आकार वृद्धि गर्दै सुदूरपश्चिम सरकार
-
५०० दरका नक्कली नोटसहित महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण


