बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भारतीय सेनाध्यक्ष नरवणे ढाकाटोपी लगाएर पशुपतिको आरतीमा (फोटोफिचर)

बुधबार, १९ कात्तिक २०७७, १८ : ३१
बुधबार, १९ कात्तिक २०७७

काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे बुधवार साँझ पशुपतिनाथको आरतीमा सहभागी भएका छन् । कोरोना संक्रमणको जोखिमका कारण मन्दिर बन्द भएको हुनाले उनले ‘विशेष पूजा’ गरेनन् । नेपाली ढाकाटोपी लगाएर नरवणेले पशुपति मन्दिरसँगैको बागमती पारीबाट आरती अवलोकन गरेका छन् ।

करिब ४५ मिनेट आरती अवलोकन गरेर उनी कालिमाटी स्थित सोल्टी होटल फर्किए । ०७७ जेठमा नेपाल–भारत सीमा विवादबारे विवादास्पद अभिव्यक्ति दिएपछि नेपालमा उनको चर्को विरोध भएको थियो । तर, भारतीय सैन्य प्रमुखले शिरमा नेपाली ढाकाटोपी लगाएर नेपालीको मन जित्ने प्रयास गरेका छन् ।

पशुपतिनाथको मन्दिर बन्द भएकोले नरवणेले आरती दर्शनमात्रै गरेको नेपाली सेनाका प्रवक्ता (सहायकरथी) सन्तोष बल्लभ पौडेलले रातोपाटीलाई बताए । पौडेलले भने–‘आज आरती दर्शन गर्ने अनौपचारीक कार्यक्रम थियो, ३ दिनको उहाँको भ्रमणको औपचारीक कार्यक्रम चाहिँ भोली बिहानबाट शुरु हुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप