सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु
काठमाडौं – देशभरका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ ।
नवलपरासी (पूर्व), बिनयी त्रिबेणी गाउँपालिका–३ भुटुकेडाँडा सल्लाघारीस्थित सडकमा भएको दुर्घटनामा परी चालक र सहचालकको मृत्यु भएको छ ।
बिहीबार दिउँसो प्रदेश २–०३–००१ क ००७५ नम्बरको टिपर अनियन्त्रित भई करिब ३ सय मिटर तल खसेर दुर्घटना हुँदा टिपर चालक बारा सिमरा बस्ने ४२ वर्षीय रामहरि थापा र सह चालक सोही स्थान बस्ने ३५ वर्षीय राजेन्द्र चौधरीको घटनास्थलमै मृत्यु भएको हो ।
यसैगरी, पाल्पा जिल्लाको रम्भा गाउँपालिका–४ रक्सास्थित राम प्रसाद खनालको खेतमा लु.३ त ९८१२ नम्बरको ट्याक्टरले माथागढी गाउँपालिका–४ ज्यामिरे बस्ने ६६ वर्षीय टिका बहादुर जिसीलाई
बिहीबार बिहान ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ ।
ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै, धादिङ जिल्लाको थाक्रे गाउँपालिका–१ खहेरघारीस्थित सडकमा ना.५ ख ५७२१ नम्बरको ट्रक आफै अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खसेर बिहीबार बिहान दुर्घटना हुँदा ट्रक
चालक पर्सा वीरगंज महानगरपालिका–३१ बस्ने ३४ वर्षीय शेख अलि अख्तरको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका अख्तरको ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अन्य ट्रकमा सवार २ जनाको सोही अस्पतालमा
उपचार भईरहेको छ ।
यता, बाँके जिल्लाको कोहलपुर नगरपालिका–३ मैटहवा चोकस्थित सडकमा भे.१ त ५८७५ नम्बरको ट्याक्टरले भे.४ प ६३५३ नम्बरको मोटरसाइकललाई शुक्रबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक बैजनाथ गाउँपालिका–२ बस्ने २५ वर्षीय नरेश थारुको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका नरेशको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुबै सवारी साधन र ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यसैगरी, मोरङको सुन्दरहरैचा नगरपालिका(८ चिउरा मिलस्थित सडकमा को.३ त १३ नम्बरको ट्याक्टर र को।१६ प ४८९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बिहीबार दिउँसो
दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका–१ बस्ने ७० वर्षीय चन्द्र कार्कीको मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका कार्कीको न्यूरो अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुबै सवारी साधन र ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण