हाम्रो शरीरका अंगहरुबारे रमाइला र अनौठा तथ्यहरु
खानेकुरा पचाउन हाम्रो आमाशयमा एसिड पैदा हुने गर्छ । त्यो एसिडले खानेकुराहरुलाई टुक्रा टुक्रा पारिदिने काम गर्छ । त्यसरी एसिडले टुक्रा टुक्रा पारिदिएको खानेकुरा आन्द्रामा जान्छ । आन्द्राले त्यसबाट तागतिलो रसहरु सोस्ने गर्छ ।
आमाशयमा हुने एसिड अति कडा हुन्छ । त्यसले हाम्रो आमाशयलाई नै पनि जलाइदिन सक्छ । त्यसले आमाशयलाई नजलाइदियोस् भनेर आमाशयका भित्ताहरुमा म्यूकसको तह हुने गर्छ । त्यस्तो म्यूकसको तह हरेक दुई हप्तामा फेरिने गर्छ । त्यसरी म्यूकस नफेरिने हो भने, एसिडले आमाशयमा प्वाल पर्न सक्छ ।
बोल्नको लागि ७२ वटा मांसपेसीको प्रयोग
हामी बोल्दा आवाज निस्कन्छ । त्यस्तो आवाज घाँटीमा रहेको स्वरयन्त्रबाट निस्कने गर्छ । यस स्वरयन्त्रलाई अंग्रेजी भाषामा larex भनिन्छ । यसलाई adams apple पनि भन्ने गरिन्छ । त्यसरी स्वर निकाल्नको लागि विभिन्न ७२ वटा मांसपेशीहरु उपयोग भएको हुन्छ ।
स्वाद र जिब्रो
स्वाद थाहा पाउनको लागि हाम्रो जिब्रोमा विशेष भाग हुन्छ, त्यसलाई टेस्ट बड (taste bud) भनिन्छ । त्यस्ता टेस्ट बडहरुको जीवन १० दिनसम्मको मात्र हुन्छ । त्यसपछि त्यस ठाउँमा नयाँ टेस्ट बड आउँछ ।
आकार प्रकारको आधारमा भन्ने हो भने शरीरको सबैभन्दा बलियो मांसपेशी जिब्रो हो ।
मानिसको यति थुप्रो छाला
मानिसको छालालाई फैलाउने हो भने त्यसले २ मिटर क्षेत्र ढाक्न सक्छ । मानिसको छाला पनि मर्ने र नयाँ बन्ने गर्छ । एउटा मानिसको जीवनकालमा ४० पौण्डजति छाला फेरिने गर्छ । मानिसको प्रत्येक एक वर्ग इन्च छालामा ६ मिटरजति रक्तनलीहरु हुने गर्छन् । मानिसको शरीरको छालामा हुने स्नायुलाई मात्रै जोड्ने हो भने त्यसको लम्बाई ७२ किलोमिटरजति हुने गर्छ ।
एक सेकेण्डमा यत्रो रगत नाश
हाम्रो शरीरमा रगत बन्ने र नष्ट हुने प्रक्रिया निरन्तर चलिरहेको हुन्छ । यसक्रममा करीब १५ मिलियन रक्तकोषहरु प्रत्येक सेकण्डमा मर्ने र नयाँ बन्ने गर्छ ।
कहिल्यै नबढ्ने अंग
जन्मेदेखि नमरेसम्म बढ्दै नबढ्ने अंग आँखा हो । अर्थात् हामी जन्मँदादेखि नै आँखाको साइज एउटै हुन्छ । तर त्यसको विपरीत हाम्रो नाक र कान चाहिँ शरीरको आकार सँगसँगै बढ्ने गर्छ ।
नङ पनि छालाले बनेको हुन्छ !
हाम्रो हात खुट्टामा हुने नंङ पनि छालाकै अंङ्ग हो । झट्ट हेर्दा यो छाला जस्तो हुँदैन । तर योे छालाका कडा कोषहरु मिलेर बनेको हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक ऋण व्यवस्थापनका कार्यालयले ५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बोलकबोल गर्दै
-
ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ मार्केटको १० मिलियन अमेरिकी डलर लगानी
-
रातो मच्छिन्द्रनाथको रथ धमाधम निर्माण हुँदै, तस्बिरहरू
-
तमन्ना भाटियाले ईडीसँग मागिन् समय
-
राष्ट्रवादी शक्तिहरू एकजुट भएर अघि बढ्नु पर्ने समय आयो : कमल थापा
-
शाहरुख खानकी छोरी सुहाना बनिन् लक्स फेस