विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त
काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ । ऊर्जा मन्त्रालयले शाक्यलाई सोमबार निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । शाक्यलाई एनईए इन्जिनियरिङ कम्पनीमा काज फिर्ता गराएर प्राधिकरणको निमित्त कार्यकारी निर्देशको जिम्मेवारी दिइएको हो ।
ऊर्जामन्त्री वर्षमान पुनले शुक्रबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकमा शाक्यलाई काज फिर्ता गराउन निर्देशन दिएका थिए । यसअघि प्राधिकरणमा तहगत जिम्मेवारीका विषयमा असन्तुष्ट रहेका शाक्य आफुभन्दा कनिष्ठ लेखनाथ कोइरालालाई निमित्त कार्यकारीको जिम्मेवारी दिएपछि कार्यालयमा उपस्थित भएका थिएनन् ।
बरिष्ठताका आधारमा शाक्य लेखनाथ कोइरालामाथि माथिल्लो तहमा पर्छन् । यो विषयमा प्रधानमन्त्री केपी शर्माओलीले बरिष्ठलाई पन्छाएर कनिष्ठलाई निमित्त कार्यकारी निर्देशक बनाइएको भन्दै ऊर्जामन्त्री पुनसँग असन्तुष्टि पोखेका थिए । कुलमान घिसिङलाई पुनरनियुक्ति गर्न समेत असहमत भएका प्रधानमन्त्री ओलीले बरिष्ठताका आधारमा शाक्यलाई निमित्त कार्यकारी निर्देशक बनाउनुपर्ने बताउँदै आएका थिए । कोइरालाले पनि शाक्यलाई आइतबार प्राधिकरणको केन्द्रीय कार्यालयमा हाजिर हुन शाक्यलाई निर्देशन दिएका थिए ।
प्राधिकरणको सहायक कम्पनीका रुपमा रहेको एनईए इन्जिनियरिङ कम्पनीको नेतृत्वमा रहेका उनी प्रसारण लाइनको विषयमा राम्रो जानकार मानिन्छन् । यसअधिका कार्यकारी निर्देशक कुलमान घिसिङले नै उनलाई एनईएको जिम्मेवारी पठाएका थिए । एनईए इन्जिनियरिङ सेवामा विदेशिने रकम जोगाउन भन्दै २०७३ सालमा स्थापना गरिएको प्राधिकरणको सहायक कम्पनी हो । शाक्य त्यसको प्रवन्ध निर्देशक रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानालाई दश लाख सहयोग
-
तस्बिरमा हेर्नुहोस् दोस्रो लाङटाङ ट्रेल रन
-
अनेक सङ्घर्ष छिचोल्दै सुदूरपश्चिमकै पहिलो महिला डिभिजनल वन अधिकृत बनिन् निर्मला
-
होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
-
'खान सर'विरुद्ध एफआईआर दर्ता, पक्राउको सम्भावना
-
उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेन: पूर्वअर्थमन्त्री पाण्डे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण