हतियार देखाएर लुटपाट गर्ने समूह पक्राउ, पेस्तोल, गोली र म्याग्जिन बरामद
काठमाडौँ । सोमबार हतियार देखाएर लुटपाटमा संलग्न तीन जनालाई कञ्चनपुर प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा कञ्चनपुर बेदकोट नगरपालिकाका केदार विष्ट, सोही नगरपालिकाकै पारसमणि जोशी र कृष्णपुर नगरपालिकाका दीपक भट्ट रहेका छन् ।
गत बुधबार बेदकोट नगरपालिका–५, पोलखरी बस्ने हरेन्द्र बोहराको घरमा छोरोको जन्मदिन मनाउन उपस्थित भएका व्यक्तिहरुलाई हतियार देखाएर रकम लुट्ने समूहलाई पक्राउ गरिएको कञ्चनपुरका प्रहरी उपरीक्षक (एसपी) मुकुन्द महासिनीले जानकारी दिए ।
उनीहरुले त्यतिबेला तीन लाख रुपैयाँ लुटेको अनुसन्धानबाट खुलेको एसपी मरासिनीले बताए । पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले शनिबार बेलुका एकथान सेमि अटोमेटिक पेस्तोल र म्याग्जिनसहित बरामद गरेको छ ।
आफूहरु प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा आएको भन्दै पेस्तोल देखाएर लुटपाट गरेको अनुसन्धानबाट खुलेको छ । त्यस्तै प्रहरीले घटनास्थलबाट एकथान म्याग्जिन र दुई राउन्ड गोली समेत बरामद गरेको छ ।
पक्राउ परेका केदार विष्टको घरबाट ‘टाइप–२४’ जस्तो देखिने म्याग्जिनबिनाको पेस्तोल पनि भेटिएको छ । लुटपाटमा प्रयोग गरिनेएउटा मोटरसाइकल र लुटिएको चारवटा मोबाइलसमेत बरामद भएको एसपी मरासिनीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण